२०८२ कार्तिक २१ गते शुक्रवार

घोराहीमा लागु औषधसहित दुई जना पक्राउ

तुलसीपुर , बैशाख ३० । दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।


घोराही उपमहानगरपालिका – १४ मिलन चोकका २३ बर्षीय बिशाल बुढा ६ सय ७० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


मिलन चोकमा संकाष्पद अवस्थामा हिडिरहेका बुढालाई खान तलासी गर्ने क्रममा आइतबार बेलुकी पाइन्टको गोजीमा प्लाष्टिकका तीन पुडियामा लुकाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको थियो ।


त्यस्तै घोराही – १३ आनन्दपुर टोलकी ५७ बर्षीया नितु आचार्य लागु औषधको रुपमा लिइने मनोद्धिप पदार्थ ट्रामाडोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।


आचार्यले घरबाटै ट्रामाडोलको कारोबार गरि रहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले घर खानतालसी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थमा २० क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो ।


पक्राउ परेका दुबै जना माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *