२०८२ असार ७ गते आइतवार

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु , अर्का गम्भीर

दाङ, बैशाख २४ । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक गम्भीर घाइते छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ कुसुममा बसको ठक्कर बाट स्थानीय ३२ बर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

मोटरसाइकल चालक कुसुमकै ३७ बर्षीय हिरासिंह वली गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक पदम खड्काका अनुसार पूर्व –पश्चिम राजमार्ग अन्तरगत बुधबार बिहान साढे ११ बजेतिर पुर्ब तर्फ जादै गरेको बागमती प्रदेश ०१–० ६ ख ३५९३ नम्बरको बसले एकै दिशा तर्फ गइ रहेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


प्रत्यक्षदर्सीका अनुसार बसले मोटरसाइकललाई पछाडि बाट ठक्कर दिएको थियो । चालक र बस कुसुम प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *