२०८२ कार्तिक २२ गते शनिवार

स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ

कैलाली,बैशाख २४ । कैलाली प्रहरीले स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको कैलाली भजनी नगरपालिका वडा नम्बर ५ गुलरीयाघाट भन्सार कार्यालयनजिकै भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्ग नेपाली रूपैयाँ ८ लाख ९६ हजार ६ सय ६० फेला परेको प्रहरी थियो।

इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटीगएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको थियो।

ती भारतीय नागरिकले चलाइरहेको यूपी ३२ एचएक ६७५३ नम्बरको मोटरसाइकल चेकजाचका क्रममा सुर्के थैलीमा कम्मरमा बाधेर राखेको स्रोत नखुलेको नेपाली रूपैयाँ ८ लाख ९६ हजार ६ सय ६० फेला परेको प्रहरी थियो।

त्यस्तै मंगलबार नै कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ का १९ वर्षीय अर्मन चौधरीले स्रोत नखुलेको भारतीय रूपैयाँ ५ लाख ३१ हजार ४०० सहित पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले चौधरीले सञ्चालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा चेकजाँच गर्दा त्यो रकम फेला परेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *