दाङ, बैशाख २२ । बर्दिया प्रहरीले झन्डै २२ केजी अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जाजरकोटको नलगाड नगरपालिका – ७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिका – ११ आरपासीका २७ वर्षीय कुमार वाइबा पक्राउ परेका छन् ।
बर्दिया प्रहरीले सोमबार बेलुका आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रडम्मर पालले उनीहरुको साथबाट २१ केजी ५७६ ग्राम अफिम फेला परेको डिएपी पालले जानकारी दिएका थिए ।
जाजरकोटबाट नेपालगन्ज तर्फ आउँदै गरेको शाहीले चलाएको लु ८० प १४६७ नम्बरको पछाडि सवार बाइवाले बोकेको झोला चेकजाँच गर्ने क्रममा ठूलो परिमानमा अफिम बरामद भएको थियो ।
प्रहरी चौकी चेपाङबाट खटिएको बाँसगडी नगरपालिका – १ चेपाङमा सवारी चेकजाँचका क्रममा आइतबार बेलुकी उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुका बिरुद्ध अनुसन्धान गर्न सोमबार जिल्ला अदालत बर्दियाले पाँच दिनको म्याद दिएको छ ।

