दाङ, बैशाख ५ । कपिलबस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष ४६ बर्षीय कमलेशशरण चौधरीमाथि मध्यराति घरमै गोली प्रहार भएको छ ।
मध्य राति साढे ११ बजेतिर बिजुली बत्ति गएको समयमा पेस्तोलबाट उनलाई लक्षित गर्दै गोली प्रहार भएको थियो ।
तर, उनी सुरक्षित छन् ।
कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीले घर बाहिर सौचालय गइ फर्किने क्रममा चौधरी माथि घरको पर्खाल बाहिरबाट गोली प्रहार गरेको भएपनि नलागेको हुँदा अध्यक्ष चौधरी सुरक्षित रहेको बताए ।
चौधरी आफ्नै निवासको घर बाहिरको सौचालय गएको समयमा गोली प्रहार भएको र एउटा गोलीको खोका घटनास्थलबाट बरामद भएको डिएसपी अधिकारीले बताए ।
चौधरीलाई लक्षित गरि मायादेवी गाउँपालिका – १ पकडी क्षेत्रपालीस्थित निवासमा गोली प्रहार भएको थियो । सिएसपी अधिकारीका अनुसार राति १२ बजेतितिर उनी चौधरी निवास पुगेका थिए ।
आँफुमाथि भएको घटना बारे गाउँपालिका अध्यक्ष चौधरीले तत्कालै प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रहरी यूनिटबाट घटनाको केही बेरमै प्रहरी त्यहाँ पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

