२०८३ असार ६ गते शनिवार

मोतिपुर बबइको बोटिङ रोक्न सिडियोको लिखित आदेश

तुलसीपुर, वैशाख २ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्सालले तुलसीपुर उपमहानगरपालिका – ११ मोतिपुरस्थित बबई नदीमा हुँदै आएको मोटर बोट रोक्न लिखित रुपमा आदेश जारी गरेका छन् ।


मंगलबार लिखित आदेश जारी गर्दै प्रजिअ लम्सालले कानुन बमोजिमका प्रावधानहरु पुरा नगर्दासम्म बबइमा डुङ्गा नचलाउन आदेश जारी गरेका छन् ।

यसअघि मौखिक रुपमा पटक / पटक नीतिगत सर्तहरु पालना गर्न निर्देशन दिइएको भएपनि त्यसो नगरी अनाधिकृत रुपमा मोटरबोट नियमित चलाउँदै आइएको हुँदा त्यो तत्काल रोक्न प्रजिअले लिखित रुपमा आदेश जारी गरेका हुन ।

मोटरबोट सञ्चालन पछि नजिकैको झुलुङ्गेपुलमा अत्यधिक भिड भाड हुने हुँदा पुलसमेत जोखिममा परेको, स्थानीय कृषको पानी सिंचाइमा असर परेको जस्ता कारणहरु देखाउँदै प्रसाशनले बोटिङ रोक्न आदेश जारी गरिएको छ ।

त्यस्तै जलयात्रा नियामवली २०६३ तथा पर्यटन उद्योग प्रवाह निर्देशिका, २०६३ एवं प्रचलित कानुन बमोजिम प्राबधानहरु पुरा नगर्दासम्म उक्त कार्य नगर्न नगराउन आदेश जारी गरिएको छ ।

प्रशासनले जारी गरेको आदेशमा केही ब्यक्तिहरुले मोतिपुरस्थित बबई नदीमा अबैध रुपमा अस्थायी बाँध बाँधी पानीको बहाब रोक्ने काम गरेको उल्लेख गरेको छ । त्यस्तै प्रचलित कानुन बमोजिम पर्यटन बिभागबाट ब्यबसाय दर्ता नगरी मोटर बोट सञ्चालन गरेको प्रशासनले उल्लेख गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिनाले सिडियोको लिखित रुपमा आदेश भइ सकेको हुँदा त्यसको कार्यान्वयका लागि प्रहरी खटिने बताए ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले प्रशासनको आदेश आइ सकेको हुँदा तुलसीपुर उपमहानगरपालिका संग समन्वय गरि मोतिपुरको बबइमा हुँदै आएको बोटिङ रोक्न आदेश बमोजिम प्रहरी खटिने बताए ।

यो पनि पढ्नुहोस :-

मोतिपुर बबइको बोटिङ रोक्न सिडियोको निर्देशन

मोतिपुरस्थित बबईमा भइरहेको बोटिङको किन भइ रहेको हो बिरोध ?

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *