२०८३ बैशाख १२ गते शनिवार

मोतिपुर बबइको बोटिङ रोक्न सिडियोको निर्देशन

तुलसीपुर , चैत २९ । जिल्ला प्रशासन कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका – ११ मोतिपुरस्थित बबई नदीमा हुँदै आएको मोटर बोटिङ रोक्न मौखिक आदेश दिएको छ ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्सालले तुलसीपुर उपमहागनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इलाका प्रहरी कार्यालयलाई तीन कुरा अध्यन गरि बोटिङ रोक्न मौखिक रुपमा निर्देशन दिइ सकेको फरककोणलाई बताए ।


पहिलो कुरा पर्यटन बिभागबाट अनुमती लिएको छ वा छैन, दोस्रो डुँगा चढ्ने प्यासेन्जरका लागि सुरक्षा राइडरको प्रबन्ध गरिएको छ वा छैन र तेस्रो कुरा डुँगा चढ्ुनेहरुको बिमा गरिएको छ कि छैन ? भन्ने तथ्य खोजेर ती कुरा नपाइए बन्द गर्न आँफुले निर्देशन दिएको प्रजिअ लम्सालले बताए ।


जल यातायात सम्बन्धि नियामावली २०६३ अनुसार सहासिक पर्यटन संग सम्बन्धित कार्यबिधि अनुसार ब्यबसाय दर्ता गरेर मात्रै नपुग्ने बरु पर्यटन बिभागबाट अनुमती लिन जरुरी रहेको प्रजिअ लम्सालले बताए ।


‘ मुख्य कुरा त्यहाँ सुरक्षापनि चाहिन्छ,’ उनले भने ‘ त्यसको कम्पनी नयाँ होइन भने शाखाको अनुमती चाहिन्छ ।’
उल्लेखित चारवटा कुरा भेरिफाइ गरि उपमानगरपालिका संग समन्वय गरि प्रचलिन कानुन अनुसार गर्नु भनेर आँफुले निर्देशन दिइ सकेको उनले बताए ।


‘ हाम्रो चासो नै सुरक्षाको हो,’ प्रजिअ लम्सालले भने ‘ जनता र यात्रुको सुरक्षाको लागि हो ।’
माथि उल्लेखित तीन चार वटा प्रमुख कुराहरु नभए रोक्नु भन्ने स्पष्ट निर्देशन भइ सकेको उनले बताए ।


‘ कसैले पैंशा कमाएर मात्रै भएन जनतालाई त बचाउनु पर्‍यो नि,’ लम्सालले भने ‘ हाम्रो चासो अरु होइन ।’
कुनैपनि ठाउँको पर्यटन प्रबद्र्धन आफ्नो पनि चासोको बिषय रहेको भन्दै उनले आवश्यक प्रक्रिया पुरा गरेको खण्डमा प्रहरी प्रशासन थप सहयोगी बन्ने बताए ।


इलाका प्रहरी कार्यालय तुलसीपुुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक बिनोट खत्रीले पनि बिहीबार बेलुकादेखि मोतिपुरस्थित मोटरबोट आवश्यक प्रक्रिया पुरा नगरी सञ्चालन गरिएको हुँदा बन्द गर्नु पर्छ भन्ने निर्देशन आएको बताए । प्रशासनबाट लिखित रुपमा पत्राचार हुन सक्ने भन्दै उनले सोही अनुसार स्थानीय पालिकाको समन्वयमा अघि बढ्ने बताएका थिए ।


गत बर्षदेखि आकर्षक नदी किनार र मोतिपुर –गोल्टाकुरी जोड्ने पुलका कारण यो ठाउँ एकाएक भाइरल भएको थियो ।

यो बर्ष सोही पुलमुनी पानीको बहाब रोक्ने गरि अस्थायी प्रकृतिको बाँध बाँधेर तुलसीपुर बजारसहित पश्चिम दाङका तीन युवाहरु मिलेर यहाँ झन्डै दुई हप्ता अघि मोटरबोट सञ्चालनमा ल्याएका थिए ।

पछिल्लो समय त्यहाँ डुँगा दुई वटा राखिएका छन् । जहाँ दैनिक दर्जनौ मानिस मोटरबोटमा चढ्न र रमाउन जाने गर्छन । डुँगा चढे बाफत प्रति ब्यक्ति दुई सय रुपैंयाँ शुल्क लाग्ने गर्छ ।

बोटिङ प्रति सर्वसाधारणका आकर्षण ब्यापक देखिएपछि र त्यसबाट राम्रो आम्दानी पनि हुन थालेपछि स्थानीय युवाहरुले पनि त्यस्मा हिस्सा खोज्न थालेका थिए ।

स्थानीयको अधिकार कुन्ठित गर्दै वडाध्यक्ष मानबहादुर रावतले बाहिरका ब्यक्तिहरुलाई बोटिङ सञ्चालको अधिकार दिएको भन्दै बेलटाकुरा, कटाँहा र बेलगनारका केही युवाहरु अनाधिकृत रुपमा सञ्चालन हुँदै आएको बोटिङ रोक्नु पर्ने भन्दै तुलसीपुर उपमहानगरपालिकाका साथै प्रहरी प्रशासनलाई गुहारदै आएका थिए ।


मोटरबोट सञ्चालन गर्दै आएको समुहले भने स्थानीय मोतिपुर सामुदायिक वन संग सम्झौता गरि बगरमा खरभुजा लगाउने र बबईमा अस्थायी प्रकृतिको बाँध बाँधेर पानी जम्मा गरि मोटरबोट सञ्चालन गर्दै आएको थियो । तर, यो सबै गर्नु पूर्व उनीहरुले स्थानीय वन संग गरेको सहमती बाहेक अनेत्र कतैबाट पनि कुनै खाले अनुमती लिएका थिएनन् ।

आवश्यक प्रकृया पुरा नगरी हचुवाको भरमा मोटरबोट सञ्चालन गरिएका कारण सञ्चालन भएको छोटो अवधिमै प्रशासनले त्यो रोक्न निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस :- मोतिपुरस्थित बबईमा भइरहेको बोटिङको किन भइ रहेको हो बिरोध ?

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *