दाङ,बैशाख १। सल्यानमा चटयाङ लागेर १३ बर्षीया एक किशोरीको मृत्यु भएको छ ।
चट्याङ बाट कालिमाटी गाउँपालिका – ६ ढोरेनीका घरमा चट्याङ पर्दा वर्ष १३ की करिष्मा घर्तीको मृत्यु भएको हो ।
आइतबार दिउँसो चार बजेतिर चट्याङ परेपछि अचेत बनेकी करिष्मालाई उपचारका लागि सुर्खेतस्थित मेहलकुना अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशरकुमार न्यौपानेका अनुसार चटयाङका लागेर करिष्माका हजुर बुवा ७९ बर्षीय चन्द्रबहादुर घर्ती, सोही घरमा आएका ४५ बर्षीय विष्णु खडका र २० बर्षीय डम्मरबहादुर खडका घाइते भएका छन ।
घाइते सबैको सुर्खेृत मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङले एउटा बाख्रो र खसीपनि मरेको डिएसपी न्यौेंपानेले बताए ।
प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
