डोल्पाको सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उक्त जीपमा १२ जना यात्रु थिए । १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जना घाइते दुनै अस्पतालमा उपचार भैरहेको छ । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रजिअ थापाले बताए ।
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार