दाङ, चैत २५ । बाँकेमा भतिजाले ढुँगा प्रहार गरि काकाको हत्या गरेका छन् ।
बैजनाथ गाउँपालिका – २ गुनापुरस्थित भित्री सडक खण्डमा स्थानीय ६६ बर्षीय मुसुवा थारुको भतिजा २४ बर्षीय लौटन थारुले आइबार राति ढुँगा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातललीले फरककोणलाई बताए ।
गत बर्ष पनि भतिजा लौटनले काका मुसुवालाई साइकलमा ढकलेर लडाइ दिएपछि उनको एउटा खुट्टा भाँचिएको थियो । त्यो खुट्टामा मृतक मुसुवाले रड हालेको थिए । त्यो रड हाल्दा ५५ हजार जति खर्च भएको थियो ।
गत बर्ष पनि लौटले साइकलमा ढकलेर काका मुसुवाको एउटा खुट्टा भाँचिएको थियो । खुट्टाको उपचारका साथै रड हाल्दा ५५ हजार जति खर्च लागेको थियो ।
काका मुसुवाले उपचारमा लागेको खर्च भतिजा लौटनले तिर्नु पर्ने माग गर्दै आएका थिए ।
सोही रकम दिनु पर्ला भनेर लौटनले बाटो ढुकेर काका माथि ढुँगा प्रहार गरि हत्या गरेको तथ्य खुलेको डिएसपी पातललीले बताए ।
सुरुमा मोटरसाइकलको ठक्कर बाट मुसुवा घाइते भएको ठानिएको थियो ।
उनी आइतबार राति ९ बजेतिर जिल्लाको बैजनाथ गाउँपालिका – २ गुनापुरस्थित भित्री सडक खण्डमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए । गुनापुर चोकदेखि घर तर्फ जाने क्रममा मुसुवा थारु साइकलमा यात्रारत थिए । त्यति खेरै नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिइ भागेको अनुमान गरिएको थियो ।
टाउको र अनुहारमा गम्भीर चोट पटक खेपेका थारुलाई उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पठाइएको थियो । उनको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको थियो ।
मृतकको टाउको र अनुहारको घाउ खत हेर्दा दुर्घटनामा परेको जस्तो नभइ आक्रमण गरेको जस्तो देखिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक हरि भट्टराइको टोलीले घटना संकाष्पद देखिएपछि गाउँमा सोधपुछ गरेको थियो ।
सोधपुछको क्रममा काका – भतिजाको गत बर्षको बिबाद खुलेपछि प्रहरीले सोमबार बिहान ५ बजे लौटनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
बिहान ८ बजे उनलाई इप्रका कोहलपुर पुर्याइ अनुसन्धान गर्दा लौटनले हत्या स्वीकार गरेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।