काठमाडौं,चैत २२ । सुनको मूल्यमा आज एकै दिन ३ हजार नौ सय रुपैयाँले भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहीबार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने १ हजार ८७० कायम भएको हो ।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार