२०८३ कार्तिक २० गते बिहिवार

कस्ले लेख्यो, ‘आइलभयू पर्मिला’…

दाङ, चैत १७ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका – ९ राडीस्थित नापी कार्यालयको डिजिटल बोर्डमा ‘आइ लभ यू प्रमिला, आइ रियल्ली लभ यू’ लेखेको पाइएपछि त्यसबारे चर्चा परिचर्चा भएको छ ।


सामाजिक सञ्जालमा धेरैले नापी कार्यालयमा लेखिएको अनाधिकृत सूचनाहरु राखेका छन् ।


नापी कार्यायको आधिकारिक सूचनाहरु मात्रै राखिने बोर्डमा प्रेमका कुराहरु लेखेको पाइएपछि त्यसको चर्चा भएको हो ।

प्रहरी प्रशासन गुहारेर नापी कार्यालयले अनुसन्धान सुरु गरेको छ । नापी कार्यालयका प्रमुख मानबहादुर आग्रीले आँफु कार्यालय नआएको दिन बोर्डमा गलत सूचनाहरु लेखेको पाइएको बताए ।

‘आफन्तको मृत्यु भएको हुँदा म शोकमा थिए,’ उनले भने ‘ म बिदामा रहेको समयमा गलत कुराहरु बोर्डमा लेखेर समाजलाई भ्रमित पार्नेहरुको खोजी गरि कारबाही हुने छ ।’


ह्याक गरि डिजीटल बोर्डमा गलत कुरा लेखिएको सूचना पाउना साथ आँफु आइतबार दिउँसो मात्रै कार्यालय आइ पुगेको तथा अनुसन्धानका लागि प्रहरी प्रशासनलाई बोलाइएको बताए ।


तीन दिन अघि मात्रै कार्यालयको सूचना बोर्डमा ह्याक भएको सूचना आएको थियो । दुई हप्ता पहिले पनि राडीज्यूलास्थित आठबिसकोट क्याम्पसको डिजिटल बोर्डमा यस्तै अश्लिल कुराहरु लेखेको पाइएको हुँदा ती सबै काम एकै ब्यक्तिले गरि रहेको हुन सक्ने उनले बताए ।

केही ब्यक्तिमाथि आशंका रहेको भन्दै उनले प्रहरीले थप अनुसन्धान गर्ने र दोषी पहिचान गरि कारबाही हुने बताए ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *