२०८२ बैशाख ७ गते शनिवार

दुर्घटनामा ज्यान गुमाएका केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण

तुलसीपुर , चैत ७ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सवारी दुर्घटनामा ज्यान गुमाएका गाडी धनी दिलिप केसीका परिवारलाई दश लाख रुपैंया प्रदान गरेको छ ।


प्रालिमा आवद्ध हरेक गाडी धनिको प्रालिले आँफै बिमा बनाइ दिन्छ । त्यही बिमा बाफत आएको रकम प्रालिका अध्यक्ष सुरेश हमालले केसीकी श्रीमति कमला केसीलाई बिहीबार हस्तान्तरण गरेका हुन ।

दश लाख रकमको चेक हस्तान्त्रण गर्दै अध्यक्ष हमालले प्रालिका एक सदस्य दिलिप केसीलाई गुमाउँदा प्रालिलाई क्षति पुगेको बताए ।

दिलिप केसीको गत पुस ५ गते घोराहीको गुर्जे खोलामा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *