तुलसीपुर , चैत ६ । तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ क्लिन स्वीप गरेको छ ।
स्ववियू सभापतिमा नेविसंघका प्रमोद भण्डारी निकटतम प्रतिष्पर्धी भन्दा झन्डै दोब्बर मत प्राप्त गरि निर्वाचित भएका छन् । यो क्याम्पस जिल्लाको दोस्रो ठूलो क्याम्पस हो ।
सभापतिमा निर्वाचित भण्डारीले ७३७ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिष्पर्धी संयुक्त बिद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले ३८९ मत प्राप्त गरे । भण्डारीले निकटतम प्रतिष्पर्धी खत्री भन्दा झन्डै दोब्बर ३४८ मत बढी प्राप्त गरेका हुन ।
बबई क्याम्पसको स्ववियू सभापतिमा दुई स्वतन्त्रसहित चार जनाको बीचमा प्रतिष्पर्धा भएको थियो ।
स्वतन्त्र दुई उम्मेदवार मध्य कोमलबहादुर वली (केबी) ले १३७ र कृष्ण केसी (डेभिड खत्री) ले जम्मा २९ मत मात्रै प्राप्त गरेका थिए ।
सचिव पदमा पनि नेविसंघका टोपबहादुर वली ६१२ मत प्राप्त गरि निर्वाचित भएका छन् । संयुक्त बिद्यार्थी प्यानलकी सचिब पदका उम्मेदवार सोनिया थापाले ५६५ मत प्राप्त गरिन । उनीहरु बीचको मतान्तर ४७ छ ।
यि दुईका बीचमा सुरु देखि नै रोमाञ्चक प्रतिष्पर्धा चलेको थियो । त्यस्तै सचिव पदका स्वतन्त्र उम्मेदवार अङ्किता डाँगीले हालसम्म जम्मा ५७ मत मात्रै प्राप्त गरेकी थिइन ।
कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार शिक्षा नेपाली ५६२ मत प्राप्त गरि निर्वाचित भइन । संयुक्त बिद्यार्थी प्यानलका तिलकराज डाँगीले ४४७ र स्वतन्त्रका आसिक मियाँले जम्मा ९५ मत प्राप्त गरे ।
प्रत्यक्षतर्फको सददस्य पदहरुमा पनि नेविसंघकी मनिषा चौधरीले – ७६२ , रुपेश चौधरी – ७५४, यामकुमारी भण्डारी ७४६ , सञ्जिब चौधरी –७१४, ममता वली – ७३९, करुणा नेपाली – ७१५ र लक्ष्मण वलीले – सर्वाधिक बढी ८२५ मत प्राप्त गरि निर्वाचित भए ।
संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फ सदस्य पदका उम्मेदवारहरु मध्य नेबबहादुर भण्डारी (नबीन)ले –४८६, कबि सेन सिन – ४९५, प्रेम केसी –४६८, दिलिप शर्मा (दीपक) –५५३, अनिता खड्का –४६४ र तुलसीराम भण्डारीले –४९० मत प्राप्त गरेका थिए ।
तुलसीपुरको राप्ती बबइ क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो । निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए । १८९७ बिद्यार्थी मतदान गर्न आएनन् । खसेको मत साढे ४१ प्रतिसत मात्रै हो ।
स्ववियू निर्वाचन हुनु पर्ने २५ क्याम्पसहरु मध्य मंगलबार जिल्लाका तीन वटा क्याम्पसहरुमा मतदान भएको थियो ।
निर्वाचन भएका मध्य लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा स्वतन्त्र विद्यार्थीले क्लिन स्वीप गरेको थियो ।
ठूला राजनीतिक दलहरुका संगठनहरुलाई परास्त गर्दै ‘स्वतन्त्र विद्यार्थी परिवार’का तर्फका उम्मेदवारी दिएका सबै उम्मेदवार निर्वाचित भएका हुन । स्वतन्त्रका सभापति पदका उम्मेदवार मिलन चौधरी ४४६ मत प्राप्त गरि निर्वाचित भएका थिए ।
निकटतम प्रतिष्पर्धी अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गरे । चौधरी जिसी भन्दा १८९ मत बढी प्राप्त गरि निर्वाचित भएका थिए ।
देउखुरीकै राप्ती गाउँपालिका –२ लालमटियाको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा विनोदकुमार सोनीको पुरै प्यानल विजय भएको छ । उनी माओबादी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का हुन ।
सोनीलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैटौं) को समर्थन थियो । सोनी २१४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार प्रकाश पुनले १५८ मत प्राप्त गरेका थिए ।
जिल्लाको सबै भन्दा पुरानो र ठूलो क्याम्पस दाङको घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पस लगाएत अन्यमा भने सर्वसम्मत रुपमा स्ववियू नेतृत्व चयन भएको थियो ।
भरतपुर क्याम्पसमा नेपाल विद्यार्थी संघका दिपेश डिसी सर्वसम्मत रुपमा क्याम्पसको स्ववियु सभापति चयन भएका थिए ।
तर, नेपाल संस्कृत विश्व विद्यालय केन्द्रीय क्याम्पस बेलुझुण्डीका साथै मातहतका थप दुई क्याम्पसहरु जनता विद्यापिठ बिजौरी र केन्द्रीय आर्युबेद कार्यालय (बाम्स) मा निर्वाचन हुन नसकेको हो ।
केन्द्रीय क्याम्पस, जनता विद्यापिठमा नेकपा माओबादी केन्द्र निकट अखिल (कान्तिकारी) र बाम्समा नेकपा एमाले निकट अखिलले तालबान्दी गरेका छन् ।