२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुर खानेपानी निर्वाचन अपडेट:क्रमिक रुपमा अग्रता बढाउँदै अघि बढेका यमकान्त भण्डारी

कोषाध्यक्षमा भोला थापा जित नजिक

तुलसीपुर, चैत ३ । तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुन्नको लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।

आइबार बेलुकी साढे ७ बजेसम्म ५८०० मत गणना गरि सकिएको छ ।
पछिल्लो सार्वजनिक मत परिनाम अनुसार नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २४४६ मत प्राप्त गरेका छन् ।

भण्डारी निकटतम प्रतिष्पर्धा भन्दा ४६८ मतान्तरले अघि छन् । सुरुदेखि नै अग्रता लिएका भण्डारीले क्रमिक रुपमा मतान्तर बढाउँदै अघि बढेका छन् । यही अनुपातमा मतान्तर फराकिलो पार्दै गएमा भण्डारी बिजयी हुने सभावना प्रवल छ ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले १९७८ मत प्राप्त गरेका छन् । भण्डारी शर्मा भन्दा ४६८ मतान्तरले अगाडि छन् ।

प्रतिष्पर्धी मध्य नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले हालसम्म १०४२ मत प्राप्त गरेका छन् । भण्डारी लामिछाने भन्दा १४०४ मतान्तरले अगाडि छन् । शर्मा र लामिछाने बीचको ९३६ छ ।

त्यस्तै उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माले पनि प्रतिष्पर्धी भन्दा मतान्तर निकै फराकिलो पारि सकेका छन् । उपाध्यक्ष शर्माले २३१८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले १५८६ र अर्का प्रतिपर्धी माओबादीका दुर्गाप्रशाद भण्डारीले १११४ मत प्राप्त गरेका छन् । काँग्रेसका शर्मा राप्रका केसी भन्दा ७३२ र माओबादीका भण्डारी भन्दा १२०४ मतान्तरले अगाडि पुगेका छन् । केसी र भण्डारी बीचको मतान्तर ४७२ छ ।

५८०० मत गणना हुँदा सचिव पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता कायमै छ । काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले २०६१ मत प्राप्त गरेका छन् । शर्मालाई नेकपा एमालेका भुवन भुसालले पच्छ्याइ रहेका छन् ।

भुसालले १९८६ मत प्राप्त गरेका छन् । शर्मा र भुसाल बीचको मतान्तर जम्मा १०० मतको छ । यी दुई बीचको प्रतिष्पर्धा निकै रोचक बन्दै गएको छ ।

सुरुमा भुसालले लिड गरेका थिए । तर, त्यसपछि भने शर्माले लिड गर्न सुरु गरेका हुन । त्यस्तै सचिव पदका अर्का उम्ेमदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले ८९८ मत प्राप्त गरेका छन् । वलीको मत अन्य प्रतिपर्धा भन्दा दोब्बरले कम छ ।

कोषाध्यक्ष पदमा पनि काँग्रेसकै भोलाप्रशाद थापा प्रतिष्पर्धीहरु भन्दा दोब्बर बढी फराकिलो मतान्तरले अघि पुगेका छन् । थापाले हालसम्म सबै भन्दा लोकप्रिय मत प्राप्त गर्दै निरन्तर रुपमा अघि बढि रहेका छन् । उनले २६३५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा एमालेकी सुशिला न्यौंपानेले १२१६ र माओबादीका कर्णबहादुर वलीले ९९१ मत प्राप्त गरेका छन् । थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा १४१९ मतान्तरले अघि छन् भने माओबादीका वली भन्दा १६४४ मतले अगाडि छन् । सुरुदेखि उनले प्राप्त गरेको मत परिणामलाई बिश्लेन गर्दा थापाको जित सुनिश्चित जस्तै देखिन्छ ।

त्यस्तै सदस्यहरु तर्फ ५५०० मत गणनाको परिनाम अनुसार नेपाली काँग्रेसकै पाँचै जना उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् ।
लुमा बुढा मगरले १७०८, सुष्मा अधिकारीले १७८४ र शारदी सार्कीले १४६१ मत प्राप्त गरेका छन् ।


खुल्ला सदस्य तर्फपनि नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) १६७७ र बुद्धिराम चौधरी १४८३ मत प्राप्त गरेका छन् ।
शनिबार मध्य रातिदेखि मतगणना सुरु भएको थियो । मत जणना जारी छ ।


शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ८२ मत खसेको थियो ।
निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् ।

खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए । यही गतिमा गणना भएमा सोमबार बिहानसम्म अन्तिम मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *