२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुरका रास्कोटी पाल्पामा मृत फेला

दाङ, चैत ३ । दाङको तुलसीपुर उपमहानगरपालिका – ३ घर भएका ४५ बर्षीय तेजबहादुर रास्कोटी कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेका हुन ।


राम्दी – रानीमहल निर्माणाधिन कालीगण्डकी करिडोर सडकमा मजदुरी गर्ने रासकोटी पाल्पाको बगनासकाली गाँउपालिका – ६ माइलीचौरस्थित नदी किनारमा शनिबार मृत अवस्थामा फेला परेका थिए ।


पाल्पाका प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लका अनुसार रास्कोटी नुहाउन गएको समयमा फागुन २९ गते बगेर बेपत्ता भएका थिए ।


संगै नुहाउन गएका ब्यक्तिले रास्कोटी बगेर बेपत्ता भएको बारे प्रहरीलाई सूचना दिए पछि प्रहरी खोजीमा लागेको थियो ।

घटनास्थलदेखि दुई सय मिटर तल उनी मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *