तुलसीपुर, चैत २ । तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्व चुन्नका लागि अरनिको मैदानमा बिहान ८ बजेदेखि जारी मतदानमा मध्यान्ह १२ बजेसम्म दुई हजार सात सय ८४ मत खसेको छ ।
निर्वाचन समितिका संयोजक प्रदीप धितालले १२ बजेसम्म ती मत खसेको बताए । अरनिको मैदान भित्र ३३ वटा बुथ निर्माण गरिएको छ ।
एकै साथ ३३ जनाले मतदान गर्ने मिल्ने सुविधा रहेपनि तुलनात्मक मतदान केही सुस्त भएको देखिएको छ ।
मतदानका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ ।
मतदानको समय शनिबार बेलुकी साढे ४ बजेसम्म तोकिएको छ । त्यो अबधिमा अरनिको मैदान भित्र निर्वाचन समितिको डोरी भित्र प्रबेश गर्नेहरुले मतदान गर्न पाउने छन् ।
तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा दश हजार नौ सय १९ जना मतदाता छन् ।
यो निर्वाचनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानल र नेकपा माओवादी केन्द्रसले टिमसहित प्रतिष्पर्धा गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रसहित सात दलबाट सीताराम शर्मा चुनावमा प्रतिष्पर्धी छन् ।
उनीहरु तीनै जनाले टिम नै मैदानमा उतारेका छन् । तीन प्रतिष्पर्धी मध्य भण्डारी निवर्तमान अध्यक्ष हुन भने शर्मा उपाध्यक्ष हुन । त्यस्तै लामिछाने पूर्व सचिव हुन ।

