दंगीशरण,फागुन २८ । दंगीशरण गाउँपालिका वडा न ६ का शारीरीक रुपमा अपाङ्गता भएका रुपलाल चौधरीलाइ ८८ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।
बिगत २ बर्षदेखि कपाल काट्ने काम गर्दै आएका चौधरीलाइ जर्सि ओभरसिज एडको आर्थिक सहयोग ,प्रेक्टिकल एक्सन नेपालको नेतृत्वमा डिप्रोक्स नेपालको सहकार्यमा वडा न ६ र गाउँपालिकाको पहलमा अपाङ्गता भएका चौधरीलाइ कपाल काट्नका लागि आवस्यक सामाग्री बितरण गरिएको हो ।
समुन्नती डिजिटिल फाइनान्स परीयोजना अन्तर्गत परीयोजना सङ्ग आवद्ध परिवारका सदस्य तथा परीवारमा अपाङ्गता भएका ब्यक्तीहरुको उधमशिलता विकासका लागि यु.के निवासी जर्ज टेलर तथा मार्गरेट टेलर दम्पतीद्वरा प्रदान गरीएको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तीहरुका लागि उधमसिलता विकासका लागि सहयोग अन्तर्गत वडा न ६ निवासी रुपलाल चौधरीलाइ आवस्यकपर्ने ८८ हजार बरावरको सामाग्री हस्तान्तरण गरिएको हो ।
मङ्गलवार सस्थाका प्रतिनिधि गाउँपालिका अध्यक्ष शम्भु गिरी ,वडा न ६ का वडा अध्यक्ष रोशन जंग शाह लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।
प्रदान गरिएका सामाग्रीहरुमा सामान राख्ने दराज,घरा सहितको कामगर्ने टेवल १ थान,बारवर कुर्सि २ थान,औजार राख्ने ट्रलि १ थान,एप्रोन ४ थान कपाल काट्ने मेसिन ४ थान,ब्रस कागियो सेट ३ थान,बारबर कैचि ५ थान,हेयर डायर १ थान ,हेयर आइरन थान १ ,सेभिङ ब्रस २ थान,जेक पिन १ प्याकेट,पाउडर पप सेट २ थान,छुरा थान,जिग्ज्याग कैचि १ सेट,कपाल झार्ने ब्रश २ थान ,२४* ३६ इन्चको ऐना २ थान लगायतको सामाग्री हस्तान्तरण गरिएको छ ।

