२०८२ असार २७ गते शनिवार

तुलसीपुर खानेपानीमा बिहान साढे ११ बजेसम्म काँग्रेस र माओबादी प्यानलले दिए उम्मेदवारी

एमाले र राप्रपाको प्यानलले उम्मेदवारी दर्ता गर्ने तयारी गर्दै

तुलसीपुर, फागुन २१ ।तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि नेपाली कांग्रेसकाले तय गरेका उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गरेका छन् ।

काँग्रेसबाट अध्यक्षमा वर्तमान अध्यक्ष यमकान्त भण्डारीसहितको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । भण्डारीको टिमबाट उपाध्यक्षमा नारायणप्रशाद शर्मा, सचिवमा रञ्जनकुमार गौतम र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष भोला थापाले उम्मेदवारी दिएका छन् ।

बिहान साढे ११ बजेसम्म कोषाध्यक्ष पदमा बुढाथोकीको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यहरुमा काँग्रेसको तर्फबाट लुमा बुढा मगर, सुष्मा अधिकारी, शारदा सार्की र खुल्ला सदस्यहरुमा प्रमोदकुमार योगी (शरद) र बुद्धिराम चौधरीले उम्मेदवारी दिएका छन् ।

बिहान साढे ११ बजे अघिसम्म नेकपा माओबादी केन्द्रको प्यानल वाटपनि उम्मेदवारी परेको छ । माओबादीबाट सिताराम शर्मा आचार्यले सुरुमा दश बजेर ९ मिनेट जाँदा आफ्नो टिमका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए । सीताराम संस्थाको निवर्तमान उपाध्यक्ष हुन ।


यो टिमबाट उपाध्यक्षमा दुर्गाप्रशाद भण्डारी र सचिवमा रुपबहादुर वलीले उम्मेदवारी दिएका छन् । माओबादीको यो टिमबाट बिहान साढे ११ बजेसम्म कोषाध्यक्षमा भने उम्मेदवारी परेको छैन ।


माओबादीको यो प्यानलबाट महिला सदस्यमा कमला चौधरी, मनिसा शेर्पाइली र डिला परियारले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै खुल्ला सदस्यमा मनबहादुर वली र खगेश्वर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

तुलसीपुर खानेपानीमा नेकपा एमालेले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिने भएका छन् ।

एमाले बाट अध्यक्षमा पूर्व सचिव मनोज लामिछानेले उम्मेदवारी दिने तयारी गरि रहेका छन् । त्यसतै उपाध्यक्षमा राप्रपाका तर्फबाट लक्ष्मण केसी उम्मेदवार बनाइएको छ । सचिवमा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सपना बस्नेत भण्डारीलाई उम्मेदवार बनाउने दुई दलका बीचमा सहमति भएको छ ।


यी दुई दलबाट एमालेबाट महिला सदस्यहरूमा छमा भण्डारी, सुशिला वली र प्रमिला तिवारीलाई उम्मेदवार बनाउने तयारी छ । पुरुष खुला सदस्यमा पदमबहादुर खड्का र सुशिल न्यौपानेलाई उम्मेदवार बनाइएको छ । दुई दलका बीचमा पुरुष खुला सदस्यपनि एमालेले पाउने सहमति भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *