२०८२ असार २४ गते बुधवार

रक्षाचौरको आँखा अस्पतालमा ४ करोड २५ लाखको नयाँ शल्यक्रिया भवन निर्माण थालियो

तुलसीपुर, फागुन २० । तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले चार करोड २४ लाखको लागतमा नयाँ भवन निर्माण गर्न थालेको छ । त्यो भवन सल्यक्रियाका लागि हुने छ ।

मंगलबार भवनको शिलन्यास तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, भारतीय राजदुतावासका प्रथम सचिव वशिष्ठ नन्दनले संयुक्ततरूपमा गरेका हुन ।


शल्य क्रियाको नयाँ भवन भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा निर्माण गर्न थालिएको हो । भवन २०८३ वैशाखमा काम सम्पन्न गर्ने संझौतामा उल्लेख छ ।

शिलन्यास पछि सम्बोधन गदै तुलसीपुरका नगरप्रमुख खड्काले नयाँ शल्यक्रिया भवन निर्माण पछि सेवा थप सहज र सलर रुपमा प्रवाह हुने आशा ब्यक्त गरे ।

उनले नगरको गौरवकारूपमा रहेको अस्पताललाई प्रदेशकै नमुना योग्य आँखा अस्पतालका रूपमा विकास गरिने बताएका थिए । त्यस्तै मेयर खड्काले मोतियाबिन्दु मुक्त पालिका बनाउनका लागि नगरवासीलाई मोतियाबिन्दुको निशुल्करूपमा शल्यक्रियाको व्यवस्था गरिएको बताए ।


रक्षाचौरको आँखा अस्पताल वि.स. २०४५ सालमा स्थापना भएको थियो । हालसम्म अस्पतालले दुई लाख ४४ हजारको शल्यक्रिया गरेको जानकारी दिएको छ ।
स्थापना यता ३९ लाख लाख ७७ हजार पाँच सय बढीले सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

उनीहरु मध्ये ४७ हजार नौ सय ५८ जनाको निशुल्करूपमा आँखाको शल्यक्रिया गरिएको छ । रक्षा चौर अस्पतालले दाङका साथै आसपासका पहाडी जिल्लाहरुको सल्यक्रिया गर्दै आएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *