दाङ, फागुन १८ । दाङको लमही नगरपालिका – ७ की संगिता चौधरीको हत्या आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका – १२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारू पक्राउ परेका छन् ।
प्रहरीले संगीताको हत्याको नौं दिनपछि अमिरिकालाई पक्राउ पछि सार्वजनिक गरेको हो ।
दाङबाट गएकी संगीताले बुटवल उपमहानगरपालिका – ११ कालिकापथमा ज्याला मजदुरी गर्दै आएकी थिइन । चौधरी र थारू सँगै मजदुरी गर्थे । हत्या भएको दिन उनीहरु दुबै ले मदिरा सवेन गरेका थिए ।
मातेपछि अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए । तर, संगीताले अमिरिकाको प्रस्ताब अस्विकार गरेकी थिइन । त्यही क्रममा आवेगमा आइ अमिरिकाले ढुंगाले हानेर संगीताको हत्या गरेको बयान गरेका छन् ।
संगीताको शव गत फागुन ८ गते रूपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो । उनको टाउको र अनुहारमा गम्भीर घाउ खतहरु थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार प्रहरी नियन्त्रणमा रहेका प्रहरीले ढुंगा प्रहार गरी संगीताको हत्या गरेको वयान गरेका छन् ।
प्रहरीले घटनास्थलबाट सगीतामाथि प्रहार भएका दुई ढुंगा, संगीताले प्रयोग गर्ने मोवाईल, कालो टोपी, चप्पल लगायतका सामाग्री पनि बरामद भएको जानकारी दिएको छ ।
ढुँगा प्रहार गरि पहिचान गर्न नसक्ने अवस्थाको संगीताको अनुहार सडक किनारमा परालले छोपेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा अमिरिका फागुन १६ गते पक्राउ परेका थिए ।