तुलसीपुर, फागुन १७ । तुलसीपुर उपमहानगरपालिका – ४ मा शनिबार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन गरिएको छ ।
भेलाले चन्द्रबहादुर वलीको नेतृत्वमा १७ सदस्य वडा समिति सर्वसम्मत रुपमा गठन गरेको हो ।
जस्को वडा उपाध्यक्ष लेखराज गिरी र गणेश हमाल छन् । तरुण वडा सचिवमा हेमराज वली, कोषाध्यक्षमा पूर्ण बिक र सहकोषाध्यक्षमा रितिका रेउलेलाई चयन गरिएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा आर्यन गिरी, मधु खड्का, दीपक महत, विशाल खड्का, राजिव खड्का, राजन खड्का, कुष्णकुमार वली, निवाश घर्ती मगर, ज्ञानेन्द्र गिरी, विष्णु रावत र केशव वली रहेका छन् ।
भेलाले जिल्ला प्रतिनिधिको रुपमा वशन्तकुमार खड्का, अमृता रावत, गोविन्द हमाललाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै पालिका प्रतिनिधिका रुपमा लेखराज गिरी, रितिका रेउले, गणेश हमाल, पूर्ण बिक, सुदन घर्ती मगर, प्रकाश चौधरी र कलसिंह रावतलाई चयन गरेको छ ।
जिल्ला र पालिका प्रतिनिधिहरुले आगामी दिनमा हुने तरुण दलको जिल्ला र पालिका निर्वाचनमा मताधिकारको अधिकार पाउने गर्छन ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति सदस्य तथा वडा जिल्ला प्रतिनिधि पूर्ण बिसीको अध्यक्षता र नेपाली काँग्रेस तुलसीपुर – ४ का वडा इकाइ सभापति नन्दलाल पुन मगरको प्रमुख आथित्यमा भएको बैठकले तरुण दल वडा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।