२०८२ असार ३१ गते बुधवार

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का

दाङ,फागुन १६ । काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान २:५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। I

क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *