तुलसीपुर , फागुन १३ । गत जेठ ३ गते तुलसीपुर उद्योग वाणिज्य संघमा निर्वाचित हुँदै गर्दा युवा ब्यबसायी विनिल केसीले अघि सारेका एजेण्डा मध्य एउटा प्रमुख एजेण्डा ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ थियो ।
तुलसीपुरमा बिगतमा भए गरेका अपराधका घटनाका कारण तुलसीपुर एउटा असुरक्षित सहर हो भन्ने कतिपयले गलत भाष्य स्थापित गर्न खोजेको हुँदा अध्यक्ष विनिल त्यसलाई चिर्ण चाहान्थे ।
त्यसैले उनले निर्वाचित भएको केही समयको अन्तरालमै इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा १५० सिसीको पल्सल मोटरसाइकल किनेर वाणिज्य संघको तर्फबाट प्रदान गरे । आवश्यक स्रोत साधणको अभाव रहेको प्रहरीको गुणासोको आधारमा उद्योग वाणिज्य संघले इप्रकालाई साइरण जडित त्यो मोटरसाइकल आँफैले किनेर हस्तान्तरण गरेको थियो ।
जुन मोटरसाइकल प्रहरीको ‘क्विइक रेस्पोन्स टिम’ले प्रयोग गर्दै आएको छ । त्यो मोटरसाइकल पाएपछि कँही कतै घटना वा दुर्घटना हुँदा, आपतकालिन रुपमा घटनास्थल पुग्न थप मद्दत गर्दैै आएको छ । तुलसीपुर आसपास र बजारको सुरक्षामा मद्दत पुग्दै आएको इप्रका प्रमुख डिएसपी अनिल ठकुरी बताउँछन् ।
तुलसीपुरको मुख्य बजारलाई थप सुरक्षित बनाउन प्रबिधिको प्रयोग उत्तिकै आवश्य थियो । त्यो कुरा मनन् र महसुश गरि विनिल नेतृत्वको वाणिज्य संघको टिमले प्रहरी संग थप सल्लाहहरु गर्छ ।
तुलसीपुर बजारमा जम्मा २० वटा मात्रै सिसी टिभी (क्यामेरा) जडान गरिएको भएपनि ती मध्य १२ वटा बिग्रिएर काम नगर्ने अवस्थामा छन् । इप्रका तुलसीपुरका अनुसार यतिखेर तुलसीपुर बजारमा जडान गरिएका मध्य जम्मा ८ वटा सिसी टिभी मात्रै चालु अवस्थमा छन् ।
सिसी टिभी क्यामेरा कुनैपनि घटना –दुर्घटना वा अपराधका घटना अध्यन तथा विश्लेशन गर्न मात्रै नभइ दोषीसम्म पुग्न सजिला माध्यमहरु साबित भइ सकेका छन् ।
माघ १३ गते मध्यराति तुलसीपुरस्थित एनएमबी बैंकमा चोरी गर्ने उदेश्यले प्रबेश गरेका तुलसीपुर उपमहानगरपालिका – १८ दुधरासका २७ बर्षीय सञ्तोष चौधरी पक्राउ परेका थिए ।
उनी सटरको ताला तोडेर भित्र प्रबेश गरि थप तोडफोड गर्दै गर्दा मध्यरातिमै पक्राउ परेका थिए । चौधरी बैंक भित्र प्रबेश गरेको कुरा बैंकले आफ्नो सुरक्षार्थ जडान गरेको सिसी टिभी लगाएत थप प्रबिधिकै कारण संभव भएको थियो ।
तुलसीपुर मस्त सुतिरहेको समयमा चोरीको उदेश्यसहित सञ्तोष बैंक भित्र प्रबेश गरेको सूचना प्रहरीले छिमेकी वा तुलसीपुरबासीबाट हैन, काठमाडौंस्थित बैंकको केन्द्रीय कार्यालयबाट पाएको थियो ।
रातिमा बैंकको सुरक्षार्थ गार्डहरु नराखेपनि उक्त बैंकले जडान गरेको प्रबिधिका कारण केन्द्रमा पुगेको सन्देशका कारण बैंक मोनिटरिङ गर्ने टिमले मध्यराति कोही ब्यक्ति भौगोलिक रुपले झन्डै साढे ४ सय किलोमिटर टाढाको तुलसीपुरस्थित आफ्नो बैंकको शाखामा प्रबेश गरि चोरीको प्रयार गरि रहेको सूचना जिल्ला प्रहरी कार्यालयलाई दिएको थियो ।
बैंकको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङले २४ किलोमिटर टाढाको इप्रकालाई तत्काल बैंकको शाखा कार्यालयमा जान निर्देशन दिएको थियो ।
त्यसरी सूचना प्राप्त गरि पुगेको प्रहरीले तत्कालै सञ्तोषलाई बैंक भित्रै तोडफोड गरि रहँदा नियन्त्रणमा लिएको थियो ।
अपराध अनुसन्धानमा प्रबिधिको प्रयोग कति उपयोगी छ ? भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।
सोही तथ्यलाई मनन् गर्दै उद्योग वाणिज्य संघले बिग्रिएर काम गर्न छोडेका तुलसीपुर बजारका १२ वटा क्यामेरा मर्मत गरि हप्ता दिन भित्रै पुनः सञ्चालन गर्ने अभियान सुरु भइ सकेको वाणिज्य संघका अध्यक्ष विनिलले बताए ।
बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका ती सिसी टिभीहरु मर्मत गरि पुनः सूचारु गराउने अभियानका लागि वाणिज्य संघले आँफु मातहतका बिभिन्न बस्तुगत समिति (किराना ब्यबसायी समिति, फेन्सी ब्यबसायी समिति) लगाएत संग सर सल्लाह गरि आर्थिक जोहो गर्ने नीति अख्तियार गरेको छ ।
साथै तुलसलीपुर क्षेत्रमा रहेका झन्डै २० वटा बैंक तथा बित्तीय संस्था संग छलफल र पत्राचार गरि ती संस्थाहरुको सामाजिक उत्तरदायित्व कोष अन्तरगतको रासी सिसी टिभी खरिद तथा जडानका लागि सहयोग गर्न आह्वान यसअघि नै गरि सकेको थियो ।
बैंक तथा बित्तीय संस्थाका प्रतिनिधि संग छलफल पछि वाणिज्य संघले उनीहरुलाई आधिकारिक रुपमा आह्वान गर्दै पत्रचार पनि यसअघि नै गरि सकेको छ । त्यसैको फलस्वरुप तुलसीपुरस्थित मुक्तिनाथ बिकास बैंकले भदौ १२ गते ५१००० रुपैयाँको चेक वाणिज्य संघको कार्यालयमा पुगेर हस्तान्तरण गरि सकेको छ ।
तुलसीपुरमा रहेका अन्य बैंकले पनि वाणिज्य संघको पत्रलाई आत्मसाथ गर्दै आ–आफ्ना केन्द्रीय कार्यालयमा पत्रचार गरि स्वच्छिक रुपमा सहयोग गर्ने अभियान सुरु गर्ने जानकारी दिएका छन् ।
प्रबिधिको उपयोग गरि तुलसीपुरलाई थप सुरक्षित बनाउन थप ३२ वटा सिसी टिभीहरु जडान गर्न आवश्यक रहेको इप्रका तुलसीपुरले रिपोर्ट तयार पारी वाणिज्य संघलाई दिएको छ ।
त्यति सिसी टिभी जडान गर्न झन्डै २१ लाख जति रकम आवश्यक पर्ने हुँदा त्यसको जोहोका लागि वाणिज्य संघले आफ्ना बस्तुगत समितिका साथै तुलसीपुर बाट सेवा प्रवाह गर्दै आएका बैंकहरु संग हातेमालो सुरु गरेको अध्यक्ष विनिलले बताए ।
वाणिज्य संघले त्यसका अलवा तुलसीपुर बजारमा सञ्चालन हुँदै आएका बैंक तथा बित्तीय संस्थाहरुलाई अर्कौ त्यस्तै प्रस्ताबपनि पठाएको छ ।
हालसम्म बैंकहरुले आफ्नो आन्तरिक सुरक्षा वा निगरानीको लागि मात्रै प्रबिधि (सिसी टिभी) जडान गर्दै आएका भएपनि वाणिज्य संघले हरेक बैंकलाई आफ्नो कार्यालय रहेको ठाउँमा अनिवार्य रुपमा बाटोको दुबै क्षेत्र ( दाँया–बाँया) झन्डै ५० मिटरको दुरीको अवस्था स्पष्ट रेकर्ड वा कैद गर्न सक्ने गरि बैंककै स्वामित्व तथा मोनिटरिङमा रहने गरि दुई – दुई वटा सिसी टिभी क्यामेरा जडान गर्नका लागि पत्राचारपनि गरेको छ ।
वाणिज्य संघको यो प्रस्ताबमा पनि यहाँबाट सेवा प्रवाह गर्दै आएका सबै बैंकका प्रतिनिधिहरु सहमत भइ त्यो
–सेतोपाटिबाट ।

