२०८२ असार २४ गते बुधवार

सत्य र न्यायको पक्षमा संधै उभिनु पर्छ – मेयर टीकाराम खड्का

तुलसीपुर, फागुन १३ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सत्य र न्यायका पक्षमा संधै उभिन कानुनका विद्यार्थीलाई आग्रह गरेका छन् ।

तुलसीपुरको मेट्रो कलेजमा छैठौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको जिल्ला स्तरिय मुटकोर्ट प्रतियोगिताको समापनमा सम्बोधन गर्दै मेयर खड्काले सही कुराको निरुपन गर्न प्राकृतिक न्यायको सिधान्त आत्मसाथ गर्न आग्रह गरेका हुन ।


‘अभ्यासले हरेक ब्यक्तिमा उत्कृष्ट क्षमता बिकास गर्छ,’ मेयर खड्काले भने ‘ मुटकोट प्रतियोगितामा तपाँइहरुको प्रत्यक्ष रुपमा दुबै पक्षको बहस सुन्दा मलाई निकै आनन्द लाग्यो ।’

उच्च अदालत तुलसीपुरका उपन्यायाधिवक्ता जयप्रसाद धितालले प्रत्येक दिन नेपालमा १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ आइरहेको भन्दै त्यो कुरालाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।


२०७५ सालदेखि मुलुकमा ‘मुलुकी संहिता’ लागु भएपछि आत्महत्या लगाएतलाई फौजदारीको मान्यता पाउन थालेको हुँदा आत्महत्या दुरुत्साहनका मुद्दाहरु न्यायालयले हेर्न थालेको बताए ।

वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले बिबेकका साथै बौधिक बहसहरु आवश्यक रहेको हुँदा नयाँ पुस्ताले त्यसमा ध्यान दिन सुझाएका थिए । उनले समाजले खोजेपछि कानुन आउने भन्दै पछिल्लो समय आत्महत्या लगाएतका घटनाहर फौजदारी अन्तरगत परेपछि धेरै आत्महत्या दुरुत्साहनका घटनामा पीडितलाई कारबाही हुन थालेको बताए ।


कलेज प्रमुख वसन्त आचार्यले कानूनी शिक्षा पूर्णत प्राविधिक भएको हुँदा विद्यार्थीलाई अध्ययन कै क्रममा कलेजले विभिन्न खालको अभ्यास गराउँदै आएको बताए ।


त्यस कार्यक्रमलाई तुलसीपुर न्यायिक समिति सदस्य देवी पोख्रेल, कलेजका कानून संकाय संयोजक विजय पोख्रल लगायतले बिद्यार्थीको क्षमता देखेर प्रभावित भएको भन्दै थप अध्ययनका साथै अभ्यासको दायरा फराकिलो पार्दै लैजान सुझाएका थिए ।

विद्यार्थी छविन रावतको अध्यक्षातामा भएको कार्यक्रमको सहजीकरण बिद्यार्थी हसिला बुढामगरले गरेकी थिइन ।

मुटकोट प्रतियोगितामा जिल्लाभित्र रहेका कक्षा ११ र १२ मा कानून विषय अध्यापन गराउने विद्यालयका १२ वटा समुहले भाग लिएका थिए ।


दुई दिनसम्म चलेको प्रतियोगितामा हिमाल एकाडेमी तुलसीपुर बिजेता बन्दा मावि रझेना उपबिजेता भयो । । उनीहरुले ट्रफीसहित क्रमशः १५ हजार र ७ हजार नगद पुरस्कार जिते ।

प्रतियोगितामा उत्कृष्ट वक्ताका रुपमा मावि रझेनाकी सुस्मिता श्रेष्ठ घोषित भइन । उनले ५ हजार पुरस्कार जितिन ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *