२०८२ कार्तिक २९ गते शनिवार

जंगलमा ८ बाख्रा मरेको अवस्थामा फेला , चितुवाले मारेको आशंका


दाङ, फागुन १२ । सल्यानमा आठ खसी बाख्रा जंगलमा मरेको अवस्थामा फेला परेका छन् । ती चितुवाले मारेको आशंका गरिएको छ । प्रहरीका अनुसार थप ६ भेडा र एउटा बाख्रो अझैं फेला पर्न सकेको छैनन् ।


फागुन १० गते त्यसरी जंगलमा चरणका लागि छोडिएका खसी बाख्रा बेलुकी फर्केर नआएपछि खोजी सुरु भएको थियो ।

११ गते वन जंगलमा खोजी गर्ने क्रममा वनगाड कुपिन्डे नगरपालिका – ११ का ३२ बर्षीय मोहलाल पुनको ४ वटा, २६ बर्षीय मदन पुनका २ वटा, २६ बर्षकै पहलसिंह बिकको १ वटा र धनबहादुर केसीको थप १ वटा बाख्रा मरेको अवस्थामा जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।


जंगलमा छोडिएका मध्य स्थानीय ६१ बर्षीय तुम्को बुढाका ५ वटा र ३८ बर्षीय देवबहादुर पुनको एउटा भेडा फेला परेको छैन । त्यस्तै २६ बर्षीय मदन पुनका थप एउटा बाख्रापनि फेला नपरेको हुँदा खोजी कार्य जारी छ ।

वनगाड कुपिन्डे नगरपालिका – ५ पाँचारेस्थित सल्लेरी सामुदायिक वनमा चरनका लागि छोडेका स्थानँीयका खसी बाख्रा मरेको र केही फेला नपरेको हुँदा ती बाघले मारेको हुन सक्ने आशंका गरिएको छ ।


जिल्ला प्रहरी प्रमुख केशर न्यौपानेका अनुसार आइतबार दिउँसो साढे १२ बजे जंगलमा आठ वटा खसी बाख्रा बाघले मारेको अवस्थामा फेला परेको भनेर स्थानीयले वडाध्यक्ष विरबहादुर बुढालाई सूचना दिएका थिए ।

त्यसपछि वडाध्यक्ष बुढाले प्रहरी चौकी वनगारमा खबर गरेका थिए । चौकीबाट प्रहरी सहायक हवल्दार बृषप्रशाद कुमाईको कमाण्डमा दुई सदस्य प्रहरी दिउँसो पौने ४ बजेतिर घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा फेला परेका खसी बाख्राको प्रकृति हेर्दा चितुवाले आक्रमण गरि मारेको हुन सक्ने आशंका भइ रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *