२०८२ साउन १ गते बिहिवार

जनयुद्धका उपलब्धिलाइ संस्थागत गर्ने गरिकलम चलाउनुपर्ने

तुलसीपुर ,फागुन ३ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले नेकपा माओवादीले देशमा आमूल परिवर्तन ल्याउने उद्देश्यले जनयुद्ध सुरु गरेको बताएका छन ।

शुक्रबार प्रेस सेन्टर नेपाल तुलसीपुरले आयोजना गरेको जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मास्कीले अन्याय र अत्याचारका विरुद्धमा संघर्ष गर्नका लागि उक्त जनयुद्ध महत्वपूर्ण रहेको उल्लेख गरे ।

“नेकपा माओवादीले देशमा आमुलि परिवर्तन ल्याउने उद्देश्यले जनयुद्ध शुरू गरेको हो, जसले असमानता, अन्याय र अत्याचारका विरुद्ध संघर्ष गर्‍यो। उनले भने-” परिवर्तनको चाहना र त्यसलाई संस्थागत बनाउने उद्देश्यले जनयुद्धको सुरुवात गरिएको हो।”

कार्यक्रममा प्रेस सेन्टरका संस्थापक र केन्द्रीय उपाध्यक्ष अजयदिप शर्मा, तुलसीपुर मेट्रो कलेजका सञ्चालक बसन्त आचार्य, तुलसीपुर वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापा, शान्तिनगर गाउँपालिका १ का अध्यक्ष जङ्गबहादुर पुन, र प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भुपेन्द्र वलि लगाएतले जनयुद्धका उपलब्धिलाइ संस्थागत गर्ने गरि सहि तरिकाले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रौजेरले जनताको संघर्ष, त्याग र बलिदानको महत्त्व र मिडियाको भूमिका विषयमा विचार व्यक्त गर्दै मिडियाकर्मीलाई सत्य र तथ्य समाचार बाहिर ल्याउन कहिल्यै डराउनु नपर्ने तर्क गरिन ।

कार्यक्रममा विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले जनयुद्ध र मिडियाकाे भूमिका सम्बन्धी गहकिला प्रश्नहरू उठाए।

कार्यक्रमको प्रेस सेन्टरका सदस्य सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर तुलसीपुरकी सचिव रिता केसीले गरेकी थिइन्।

प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष भूपेन्द्र वलीले विषयवस्तुबारे जानकारी गराएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *