२०८१ चैत्र १२ गते मङ्गलवार

८ घण्टापछि खुल्यो तुलसीपुर- घोराही सडक


तुलसीपुर ,माघ २८ । तुलसीपुर- घोराही सडक दिउँसो ४ बजेपछि खुलेको छ ।

पिडितलाई ५ लाख दिने र तत्काल ५० हजार पाउने सहमति भएपछि अवरुद्ध सडक ८ घण्टापछि खुलेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भएको छलफलमा पिडितसंग एक साताभित्र दोस्रो चरणको छलफल गर्ने र नियमानुसार ५ लाख दिने सहमति भएको तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

आइतबार तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित मृतकका आफन्तले आज बिहानदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध पारेका थिए ।

बिहानदेखि अवरुद्ध सडक अहिले संचालनमा आएपछि रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *