२०८१ चैत्र १२ गते मङ्गलवार

भरुवा बन्दुकको गोली लागेर एक ९ वर्षीय बालकको मृत्यु


दाङ,माघ २६ । तुलसीपुर उपमहानगरपालिका–३ ठुला सम्वामा भरुवा बन्दुकको गोली लागेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीय पुस्कर खत्रीका छोरा भुवन केसीको आफ्नै दाजुको खेलाउँदा गोली लागेर ज्यान गएको हो।

प्रहरी निरीक्षक विनोद राज खत्रीका अनुसार भुवनका १० वर्षीय सहोदर दाजु शिशिर केसीले खेल्ने क्रममा बन्दुक चलाउँदा भाईको कञ्चटमा गोली लागेको थियो। घरमा लोड गरिएको भरुवा बन्दुक खेल्न लैजाँदा दुर्घटना भएको बताइएको छ।

गम्भीर घाइते भएका भुवनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले १ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३२८ पिस छर्रा र ४ वटा फलामका गोली बरामद गरेको छ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको र मृतकका दाजु तथा बाजेलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *