तुलसीपुर, माघ २५ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले बिभिन्न क्षेत्रमा एक सय ७४ जना कर्मचारी माग गरेको छ ।
आयोगले शुक्रबार सूचना जारी गरि प्रशासन, स्वास्थ्य इन्जिनियरिङ र वनतर्फ विज्ञापन प्रकाशन गरि उस्ले कर्मचारी माग गरेको हो ।
जस्मा अन्तर्गत प्रशासनतर्फ, सामान्य प्रशासन र लेखाका लागि १८ जना , स्वास्थ्य सेवातर्फ २७ जना, इन्जिनियरिङतर्फ ४ जना र वन चौथो तहअन्तर्गत १० जना र तेस्रो तहअन्तर्गत वन रक्षक पदमा ११५ जना कर्मचारी माग गरिएको छ ।
निजामती सेवाको पदमा १८ वर्ष उमेर पुगी ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने महिला ४० वर्ष उमेर पुगी नसकेका हुनु पर्ने छ । त्यस्तै स्वास्थ्य सेवातर्फको उमेर हद ४५ वर्ष पूरा नभएको हुनुपर्ने छ ।
उल्लेखित पदहरुमा इच्छुक नेपाली नागरिकले फागुन १५ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २२ गतेसम्म आवेदन दिन सक्ने प्राबधान राखिएको आयोगले सूचना मार्फत जानकारी दिएको छ ।