२०८३ असार २७ गते शनिवार

ब्राउन सुगरसहित घोराहीबाट दुई युवक पक्राउ

तुलसीपुर, माघ २३ । दाङको घोराहीबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।


घोराही उपमहानगरपालिका – १५ भिमसेन टोलमा डेरा गरि बस्ने रोल्पा नगरपालिका – ३ का १९ बर्षीय टेकराज गुरुङ र घोराही – १५ का २५ बर्षीय तनुज श्रेष्ठ पक्राउ परेका छन् ।


उनीहरुले प्रतिबन्धित लागुऔषधको कारोवारो गरि रहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले गुरुङको कोठा तथा शरिर खान तलासी गर्ने क्रममा श्रेष्ठको साथबाट पुडिया बनाइ राखेको अवस्थामा १५ वटा पुडिया फेला पारेको थियो ।


उनीहरुको साथबाट १ ग्राम ८४० मिलीग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनीहरुलाई प्रहरीले मंगलबार बेलुकी आठ बजेतिर नियन्त्रणमा लिएको थियो ।


पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *