तुलसीपुर, माघ २२ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा चलचित्र ‘एक्टर टेक वन’ का कलाकारहरूसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
भिएफएस सिनेमाज, नारायपुरमा आयोजित कार्यक्रममा अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी र निर्माता थम्मन कुमार भण्डारीलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम बाेल्दै अभिनेता प्रदीप खड्काले चलचित्र हेरी दर्शकहरूले प्रतिक्रिया दिन आग्रह गरे। उनले भने सकारात्मक प्रतिक्रिया पाइरहेको छु। यसले मलाई उत्साहित बनाएको छ।
आम दर्शकको प्रतिक्रियाले चलचित्र उद्योगमा अझै राम्रो चलचित्रहरू गर्ने आफूमा उर्जा थपेको बताए।
त्यस्तै अभिनेत्री दिव्या रायमाझीले आफ्नो पहिलो चलचित्रको काम हेरेर आम दर्शकले दिनुभएको सकारात्मक प्रतिक्रियाले अझै आफूले राम्रो काम गर्नुपर्ने चुनौती थपिएको बताइन् ।
साक्षात्कार कार्यक्रममा कलाकारहरूले चलचित्रको अनुभव, छायांकन प्रक्रियाका चुनौतीहरू र नेपाली फिल्म उद्योगको सम्भावनाका विषयमा चर्चा गरेका थिए ।
चलचित्र एक्टर टेक वन यतिबेला देशभरि प्रदर्शन भइरहेको छ । र आम दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार दीपक कुमालले नेपाली चलचित्र उद्योगका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष भुपेश वलीले गरेका थिए ।