२०८२ कार्तिक २४ गते सोमवार

बाख्रा चराउन गएका फूपु – भतिजीको हत्या, पहिलो भेट्मै प्रेमीले ढुँगा प्रहार गरेका थिए

दाङ, माघ १९ । पहिलो पटक भेट्न आएका ‘कथित प्रेमी’ले मिहलेर ढुँगा प्रहार गरि दुई किशोरीको हत्या गरेको खुलेको छ ।

शनिबार ढकारी गाउँपालिका – १ को छिन्ने जंगलको ओडारमा मृत भेटिएका ढकारी गाउँपालिका – ८ की १५ वर्षीया फूपु सरस्वती खड्का र १४ वर्षीया भतिजी इशरा खड्काको हत्या निर्मम ढंगले ढुँगा प्रहार गरेको अवस्थामा फेला परेको थियो ।

उनीहरुको हत्या प्रेमीले गरेको खुलेको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
हत्या आरोपित दुबै किशोर ढकारी गाउँपालिका – ३ तालीका हुन । उनीहरु नाबालक रहेको हुँदा प्रहरीले नाम भने सार्वजनिक गरेको छैन ।


दुबै हत्या आरोपीहरु एक दिन अघि मंगलसेनबाट दुई किशोरीलाई भेट्ने योजनाका साथ तालीस्थित फूपुको घरमा आएका थिए । हत्या गरिएका किशोरी र पक्राउ परेका किशोरहरुका बीचमा फोनमा कुरा हुँदै आएको भएपनि पहिलो पटक गत शुक्रबार भेट भएको थियो ।


इशराको गोठालो गएका बेला प्रेमीसंग भेट घाट भएको थियो । प्रहरी अनुसन्धान बाट मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच टेलिफोनमा कुराकानी हुँदै आएको थियो । त्यही फोन सम्बादतले प्रत्यक्ष भेटघाट नभएपनि उनीहरुका बीचमा प्रेम अंकुराएको थियो ।


हत्या भन्दा अघिल्लो दिन बिहीबार दुवै किशोर कोशेली लिएर तालीस्थित फूपुको घर पुगेका थिए। त्यही मौका पारेर इशरा र पक्राउ परेका मध्येका बुढा थरका किशोरका बीचमा बाख्रा चराउन गएको समयमा छिन्ने जंगलमा भेट्ने योजना बुनेका थिए ।

सोही योजना अनुसार फूपुको घर गएका दुई किशोरपनि घुमेर आउँछौं भन्दै शुक्रबार बिहान फुपुको घरबाट गएका थिए ।
उनीहरुका फुपुको छोरा अन्दाजी १० वर्षीय बालकपनि सँगै थिए । दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरुका बीचमा भेट हुन्छ ।

इशराका प्रेमीले आफ्नो चुन्नी र दोपट्टा साट्छन् । त्यसपछि इशरा र उनका प्रेमी केही परतिर गइ आपसमा गफिन थाल्छन् । त्यही खेर सरस्वती संग अर्का कशोरले गफिन थाल्छन् । प्रेम प्रस्ताब राख्छन् । विवाह गर्ने वाचा गर्छन । चिनोको लागि आफ्नो चुन्नी र दोपट्टा साटासाट गर्न आग्रह गर्छन ।


तर, सरस्वतीले उनको प्रस्ताव स्वीकार गर्दिनन् । दोपट्टा साट्न राजी भइनन् । एकाएक ती किशोरमा यौन उत्तेजना बढ्छ । उनी सरस्वतीसँग यौन सम्पर्कको प्रस्ताब गर्छन ।
प्रेम प्रस्ताब नै स्वीकार गर्न राजी नभएकी सरस्वतीले त्यो प्रस्ताब अस्विकार गर्नु स्वभाविक थियो ।

त्यसपछि आवेशमा आइ ती किशोरले ढुंगाले सरस्वतीको अनुहारमा ढुँगाले प्रहार गर्छन । सरस्वती भुँइमा लड्छिन । हत्या लुकाउन ती किशोरले केही माथि पहाडमा उक्लेर ढुंगा खसाउँ छन् ।
ढुंगाको खसको ठाउँ तर्फ इशरा र उनका प्रेमी पुग्छन् । ती किशोरले भतिजी इशरा संग भिरमाथि खसेको ढुंगा लागेर सरस्वतीको मृत्यु भएको दाबी गर्छन । इशराले त्यो पत्याइनन् । फुपु सरस्वतीको हत्या गरेको दाबी गर्छिन । घरमा गइ पोल खोलिदिने धम्कि दिन्छिन । उनीहरुले इशरालाई संझाउन खोज्छन् । तर, उनले मान्दिनन् ।


सरस्वतीको हत्याको घटना सार्वजनिक हुने र आँफुहरु फस्न सक्ने ठानेरै इशराका प्रेमीले एकाएक ढुंगा प्रहार गरेपछि उनीपनि भुइमा ढल्छिन् ।

उनीमाथि दुबै जनाले थप प्रहारहरु गर्छन । फूपु भतिजीको हत्या ढुँगा प्रहारबाट भएको प्रहरी बताउँछ । फूपु सरस्वती र भतिजी इशराको शब १५ देखि २० मिटरको दुरीमा फाल्छन् ।

त्यसपछि आत्तिएका दुबै किशोर मिलेर घटनालाई भवितव्य जस्तै देखाउन माथि भिरबाट दर्जनौं ढुँगाहरु खसाल्छन् ।
एकाएक कसरी फूपु र भतिजिको शबहरु फेला परेको क्षेत्रमा दर्जनौं ढुँगाहरु खसे ? भनेर प्रहरीले घटना अनुसन्धान सुरु गरेको थियो ।

अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले दुई किशोरको बयानबाट ती ढुँगाहरु आँफुहरुले नै मिलेर खसाएको भन्ने खुलेको बताए । दुई किशोरीको हत्याको प्रमुख कारण ‘प्रेम सम्बन्ध’ लाई मान्न सकिने उनले बताए ।


फुपु–भतिजी हत्या पछि जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोली घटना अनुसन्धानमा खटिएको थियो ।

त्यो टोलीले हत्याको हप्ता दिन भित्रै आरोपित पक्राउ पछि सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *