२०८२ मङ्सिर १ गते सोमवार

शान्ति समाजको केन्द्रीय सभापतिमा अधिबक्ता पौडेल निर्वाचित

दाङ,माघ १८ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापति पदमा अधिवक्ता रेनुका पौडेल काठमाण्डौ निर्वाचित भएकी छ्न ।


गैडाकोटमा सम्पन्न समाजको २७ औँ राष्ट्रिय परिषद् बैठक (केन्द्रिय अधिबेशन) बाट पौडेलले ७० मत प्राप्त गरि निर्वाचित हुनु भएको थियो भने प्रतिस्पर्धी सुशील कुमार बस्नेत दाङ ले ३२ र अर्का प्रतिस्पर्धी उम्मेदवार अधिबक्ता कृष्ण रावल पाल्पाले २७ मत प्राप्त गरेका थिए ।

त्यसै गरि वरिष्ठ उपसभापति पदमा राजेन्द्र पौडेल चितवनले ७६ मत प्राप्त गरि बिजयी हुनु भयको थियो भने उहाका प्रतिस्पर्धी राम प्रसाद जोसि नुवाकोटले ५४ मत प्राप्त गरे।

उपसभापति पदमा अधिबक्ता लक्ष्मीनारायण मिश्र तेह्रथुमले ७२ मत प्राप्त गरि विजयी भएका थिए भने प्रतिस्पर्धी श्याम सुन्दर पराजुली सुस्ता पश्चिम् ले ५७ मत प्राप्त गर्नु भयको थियो जम्मा १३२ जना प्रतिनिधिहरुले मतदानमा भाग लियको निर्वाचन समितिले जनायको छ ।

तीन पदमा निर्वाचन भयको थियो भने बाकी सबै पदमा निर्बिरोध भयको थियो । उपसभापति (महिला) मा अधिवक्ता धन थापा मोरङ, महासचिवमा प्रकाश शाही सुर्खेत र कोषाध्यक्षमा चन्द्रमणी बन्जारा ललितपुर निर्वाचित भए ।

यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार सुनसरी, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल पर्सा, सचिव वाग्मती प्रदेशमा दिवाकर पुडासैनी काठमाण्डौ, सचिव गण्डकी प्रदेशमा तिर्थराज न्यौपाने कास्की, सचिव लुम्विनी प्रदेशमा धनपति (डिपी) खनाल रुपन्देही, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैसी सल्यान, सचिव सुदुरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव (आदिवासी जनजाती)मा डोरविक्रम श्रीस गुल्मी, सचिव (महिला)मा रेनुका देवकोटा पाल्पा, सचिव (दलित)मा तुलसीराम सुनार दाङ, सचिव (मधेसी)मा ज्योति बाल्मिकी बाँके, निर्वाचित भए ।

यसैगरी १० जना सदस्यहरुमा उमा गोतामे काठमाण्डौ, सुशिला रिजाल झापा, कौशल्या खनाल संखुवांसभा, निरमाया मिजार म्यग्दी, अरुण ज्ञवाली पाल्पा, भानुभक्त रिमाल नवलपुर, निर्मला गौतम दाङ, सिताराम कोइराला सुनसरी, शम्भु राउत चितवन, लालहरी पाण्डे रुपन्देही निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की बताए ।

केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधान अनुरुप न्युनतम ५ जना महिला सहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने र शान्ति समाजले जिल्लादेखि केन्द्रसम्मै ४० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको नवनिर्वाचित सभापति अधिबक्ता रेनुका पौडेलले बताइन ।

शान्ति समाजको केन्द्रिय सभापति पदमा पहिलो पटक महिला नेतृत्व पुगेको छ ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *