२०८२ कार्तिक २९ गते शनिवार

घोराहीमा प्रहरीले जुत्तामुनी लुकाएको ब्राउन सुगर भेटायो , २ युवा पक्राउ

तुलसीपुर, माघ १७ । प्रहरीले घोराहीबाट दुई युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका – ३ मसुरिया घर भइ हाल घोराही उपमहानगरपालिका – १३ प्रगतिटोल बस्दै आएका २२ बर्षीय चिन्तन केसीले जुत्ता मुनि लुकाएर राखेको १९० मिली ग्राम ब्राउन सुगर बरामद गरेको हो ।


शंका लागेर लु १८ प ३७७० नम्बरको मोटरसाइकल सवार केसी माथि चेकजाँच गर्दा ब्राउन सुगर फेला परेपछि प्रहरीले संगै यात्रारत घोराही – १३ डुमरगाउँका १९ बर्षीय मनोज बुढामगर माथिपनि खान तलासी गरेको थियो ।

बुढा मगरको साथबाट ६८० मिलीग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले पक्राउ परेकाहरु लागु औषध मुद्दामा अनुसन्धान हुने बताए । थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *