दाङ, माघ १५ । सल्यानमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
जिल्लाको कुमाख गाउँपालिका– ७ हिलेका २६ बर्षीय गोपाल डाँगीको सोमबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
डाँगी सवार रा ७ प ४५५८ नम्बको मोटरसाइकल अनियन्त्रित साँझ पौने ८ बजेतिर जिल्लाको दार्मा गाउँपालिका– ४ मौलाहाल्ने बजार नजिकैको सडक खण्डबाट झन्डै एक सय मिटर मुनि खसेको थियो ।
घाइते डाँगीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा राति साढे ९ बजेतिर मृत्यु भएको प्रहरी भइ दुर्घटना परेको
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार