तुलसीपुर, माघ १३ । दाङ तुलसीपुरको राप्ती राजमार्ग अन्तरगतको मुख्य बजार क्षेत्रमै रहेको एनएमबी बैंकमा मध्यराति कोही प्रबेश गरि चोरीको प्रयास गर्दै गरेको सूचना प्रहरीले पहिलो पटक काठमाडौंबाट प्राप्त गरेको खुलेको छ ।
एनएमबी बैंकको केन्द्रीय कार्यालय काठमाडौंले मध्यराति जिल्ला प्रहरी कार्यालय दाङमा फोन सम्पर्क मार्फत आफ्नो तुलसीपुरस्थित शाखा कार्यालयमा कोही ब्यक्ति प्रबेश गरि चोरीको प्रयास गरि रहेको भनेर सूचना दिएको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
त्यो सूचनाका आधारमा जिप्रकाले तत्कालै इलाका प्रहरी कार्यालय तुलसीपुरलाई तुलसीपुरको बिपी चोकको केही दक्षिणमा रहेको बैंकको कार्यालयमा तत्काल पुग्न निर्देशन दिएको थियो ।
तुलसीपुर मस्त निन्द्रामा रहँदा, बैंकमा भइ रहेको चोरीको प्रयास बारे कसैले सूँइको सम्म नपाउँदै कसरी काठमाडौंले थाहाँ पायो ? यो सबै कुराको संभव प्रबिधिको प्रयोगबाट संभव भएको बैंकका अधिकारीहरु बताउँछन् ।
तुलसीपुर मस्त सुतेको समयमा बैंकमा चोरीको प्रयास भइ रहेको कुरा काठमाडौंमा कसरी पुग्न संभव भयो ? त्यो सबै प्रबिधिको उपयोगका कारण संभव भएको हो ।
एनएमबी बैंकको तुलसीपर शाखामा रातिमा सुरक्षार्थ कोही गार्ड नराखेपनि केन्द्रबाट गतिबिधि मोनिटरिङ गर्ने गरि ठूलो स्किन जडान गर्नु कै परिणाम थियो ।
तुलसीपुर – १८ दूधरासका २७ बर्षीय सञ्तोष चौधरी मध्य राति चोरी गर्ने उदेश्यका साथ जब बैंक बाहिरको ताला फोडी भित्र प्रबेश गरे त्यतिबेलादेखि नै केन्द्रीय कार्यालयको स्क्रिनमा केही हचलहरु सुरु भइ सकेका थिए ।
चौधरीले जसै तालाहरु तोड्नका लागि हथौडाहरु प्रहार गर्थे त्यसले थप खतराका राता संकेतहरु (ध्वनीहरु) काठमाडौंस्थित केन्द्रीय कार्यालयमा नियमित रुपमा पठाउन सुरु गरेको थियो । बैंक भित्र हलचलका ध्वनीका ंशंकेतहरु थपिदै बाक्लै बन्दै गएपछि केही खतरा हुँदै छ भन्ने बुझेरै काठमाडौंस्थित बैंकको कार्यालयले जिप्रका घोराहीमा त्यसबारे सूचना दिएको थियो ।
त्यो सूचनाका आधारमा जिप्रकाले तत्कालै इप्रकालाई बैंकमा कसैले चोरीको प्रयास गरि रहेको सूचना प्राप्त भएको हुँदा पुग्न निर्देशन दिएको थियो । बैंक प्रशासनका अनुसार चौधरीको सोही बैंकमा खातापनि थियो । उनले आवश्यकता अनुसार पंैशा जम्मा गर्ने वा झिक्ने कामपनि गर्दै आएका थिए ।
त्यही क्रममा रातिमा बैंकको सुरक्षार्थ कोही बस्दैन भन्ने थाहाँ पाएपछि चोर्ने योजना उनले बताएका थिए । चोरीको योजना भएपनि सिसीटिभी लगाएत बैंकले सुरक्षार्थ जडान गरेका प्रबिधिका ज्ञान चौधरीमा नरहेको खुलेको घटनाबाट प्रष्ट हुने बैंकका एक अधिकारीले बताए ।
सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहान २ बजेतिर
तुलसीपुर – ५ बिपी चोकको केही दक्षिणमा रहेको बैंक भित्रवाट २७ बर्षीय सञ्तोष चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
जतिखेर एनएमबी बैंकमा ताला फोडी कोलियाबाट भित्र प्रबेश गरि चोरीको प्रयास गरिरहेको समयमा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चौधरीको साथबाट हथौडा, छिनो, पिलास, ह्वाक्सा बिलेड लगाएतका सामाग्रीपनि बरामद गरेको थियो । चौधरीले दूधरासवाट तुलसीपुर बजारसम्म पुग्न प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटी बैंकको नजिकै पार्किङ गरि आँफु चोरी गर्ने उदेश्यले बैंक भित्र छिरेका थिए ।
आरोपित चौधरीले उपचार गर्ने पैंशा नभएको हुँदा बैंक चोरी गर्न गएको कुरा प्रारम्भिक बनायनका क्रममा प्रहरीलाई बताएका छन् ।
उनले आफ्नो खुट्टामा स्टिलको रड राखेको कुरा प्रहरी समक्ष बयान गरेको एक प्रहरी अधिकारीले बताए ।
प्रहरी नियन्त्रणमा रहेका चौधरीमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।