२०८२ असार ३० गते मङ्गलवार

व्यवसायी आचार्य माथि भएको आक्रमण प्रति तुलसीपुर उवासंघद्धारा ध्यानाकर्षण


तुलसीपुर,माघ १० । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीस्थित ड्रिम वाटर एण्ड लजका सञ्चालक व्यवसायी द्रोण बहादुर आचार्यमाथि माघ ८ गते राति भएको आक्रमणको घटनाले तुलसीपुर क्षेत्रका व्यवसायी तथा स्थानीयलाई त्रसित बनाएको छ।

तुलसीपुर उद्योग वाणिज्य संघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीलाई कारबाही गर्न माग गरेको हो ।

संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात व्यक्तिहरूले आचार्यमाथि धारिलो हतियार प्रयोग गरी ज्यान लिने उद्देश्यले आक्रमण गरेको घटनाको निन्दा गरेको छ।

‘यस्ता घटनाले व्यवसायिक क्षेत्रको वातावरणमा नकारात्मक असर पुर्‍याएको छ, जसको समाधानका लागि तत्काल कानुनी कारबाही आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ।

संघले प्रशासनलाई घटनामा संलग्न अपराधीहरूको पहिचान गरी कडा कारबाही गर्न, यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न, र अपराधी गतिविधिहरूमाथि निगरानी बढाउन आग्रह गरेको छ।

साथै, संघले व्यवसायी सुरक्षाको सुनिश्चितता गरी तुलसीपुरको शान्ति र सुरक्षित वातावरण कायम राख्न प्रशासनलाई गम्भीर रूपमा ध्यान दिन अनुरोध गरेको छ।

संघका अध्यक्ष विनिल केसी र महासचिव केशवराज केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता घटनाले व्यवसायी र स्थानीय समुदायबीच भयको वातावरण सिर्जना गरेको भन्दै सम्बन्धित पक्षले आवश्यक कदम चाल्न ढिलाइ नगर्न चेतावनी दिनु भएको छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *