२०८२ कार्तिक २५ गते मङ्गलवार

लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने

दाङ,माघ ९ ।लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।

बुधबार सम्पन्न लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशनको छैटौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभाले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।

सभामा मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले थारु आयोगको पाँचौं र छैटौं वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सभामा उठेका सवालहरुको जवाफ दिएका थिए ।

उनले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अख्तियारी एक हप्ताभित्र कार्यान्वयनमा आउने जानकारी दिए ।

महिला परिषद् गठनबारे पनि कानुनी आधार निर्माण गरेर अघि बढाउने उनले बताए ।

प्रदेशसभा सदस्यले समसामायिक विषयमा विशेष समयमा बोल्दै विभिन्न सामाजिक, राजनीतिक तथा आर्थिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *