तुलसीपुर, माघ ९ । झन्डै साढे १४ करोड लागतमा निर्माण भइ रहेको तुलसीपुर उपमहानगरपालिकाको नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले भवन निर्माण (स्ट्रक्चर) को काम पुरा भएको तथा फिनिसिङको कामपनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।
तुलसीपुरको सात तले यो भवन निर्माणको काम निर्माण ब्यबसायी गेहेन्द्र गिरीले गरि रहेका छन् । जस्ले भवन निर्माणको काम तोकिएको समय भन्दा केही पहिले नै निर्माण पुरा गरि हस्तान्तरण गर्ने तयारीका साथ काम भइ रहेको बताए ।
अत्याधुनिक सात तले भवन निर्माणका लागि २०७८ साल चैत २९ गते संझौंता भएको थियो । भ्याट बाहेक १४ करोड ४२ लाख ७० हजार सात सय २३ रुपैंयाँ लागतमा भवन निर्माणको काम निर्माण पक्षले सकारेको थियो ।
संझौंता भएपनि २०७९ बैशाख ११ गते भवन निर्माणका लागि निर्माण पक्ष ‘समानान्तर डाइनामिक नारायणं. जेभी काठमाडौं’ले कार्यादेश पाएको थियो । त्यो कार्यादेश अनुसार निर्माण पक्षले तीन बर्ष अर्थात २०८१ चैत २९ गते भित्र भवन निर्माणको कार्य पुरा गर्नुपर्ने थियो ।
३४ मिटर लम्बाइ र १७ मिटर चौडाइको उपमहानगरपालिकाको भवन वेशमेन्ट पार्किङसहितको छ । भवन अन्डरग्राउण्ड पार्किङ (वेशमेन्ट पार्किङ) बाहेक थप ६ तलाको निर्माण गरिएको छ ।
निर्मित नयाँ भवनको जमिन तला र पहिलो तला ब्यापारिक प्रयोजनका लागि छ । त्यसपछिका दोस्रो र तेस्रो तला बित्तीय संस्था लगायतलाई भाडामा लगाउन अफिसियल प्रयोजनका लागि निर्माण गरिएको छ ।
उपमहानगरका इञ्जिनियर पवन योगीका अनुसार चौथो र पाँचौं तला रेष्टुँराका साथै सेमिनआरका लागि हल निर्माण गरिएका छन् ।
सबैभन्दा माथिको तलामा एउटा कोठा छ ।
निर्माण पक्षले मेहनतका साथ काम गरेको र समय अगाबै काम सकेर हस्तान्तरण गर्छौं भन्दै आएको हुँदा फागुन १५ गते सबै भवन निर्माणको काम पूर्ण रुपमा सकिन सक्ने आशा गरिएको इञ्जिनियर योगीले बताए ।
तुलसीपुरले निर्माण गरेको यो भवन जमिन तलादेखि सबै भन्दा माथिल्लो तलासम्म पुग्नका लागि दुई वटा लिफ्ट राखिने छ । त्यस्तै जमिन तलामा एउटा विद्युतवाट चल्ने भ¥याङ (स्केलेटर)पनि निर्माण गरिएको छ ।
लिफ्ट र स्केलेटर छिमेकी देश भारतवाट ल्याइएको निर्माण पक्षले बताएको छ । टायल, मार्वलपनि उतै बाट ल्याइएका हुन । साइज अनुसारका सामाग्री पाउन मुल्किल परेपछि आल्मुनियमका सामाग्री चिनवाट ल्याउनु परेको निर्माण पक्षले बताएको छ।
यो भवन वनाउने निर्णय पूर्व मेयर घनश्याम पाण्डेको पालामा भएको थियो । जस्लाई उनले ‘तुलसी टावर’ भन्दै आएका थिए । तुलसीपुरको पहिचान झल्कने गरि टावर निर्माण हुने पाण्डेले सार्वजनिक मनतब्यहरुमा ब्यक्त गर्ने गर्थे ।
तत्कालिन समयमा भन्ने गरिए अनुसार र तुलसीपुरबासीको चाहाना अनुसार भवनमा एउटा आधुनिक सिनेमा हल बनाउने कुरा चर्चामा थियो । तर, नयाँ भवनमा सिनेमा हलका लागि भनेर अलग्गै संरचना भने निर्माण गरिएको छैन ।
पूर्व मेयर पाण्डेको पालामा भएको निर्णय ब्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउने काम भने अहिलेका मेयर टीकाराम खड्का निर्वाचित भएपछि सुरु भएको थियो ।
नव निर्मित सात तले पुरै भवन भाडामा लगाउने उदेश्यले उपमहानगरले निर्माण गरेको हो । भवन तयार हुनासाथ उपमहानगरले त्यस्लाई भाडामा लगाउने छ ।