२०८१ फाल्गुन ७ गते बुधवार

गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्ष स्थापना

देउखुरी, माघ ८ । गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्ष स्थापना गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार इमर्जेन्सी सेवाको उद्घाटन गरेका हुन । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको सरोकारवालाहरुले बताएका छन् ।

दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पु¥याउने गरी इमर्जेन्सी सेवा दिन थालिएको हो ।

अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले स्वास्थ्यउ पचारको लागि अनेत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।


उपचार सेवालाई प्रभावकारी बनाउदै सबैको पहुँचमा पु¥याउन सरकारले ध्यान दिएको उनले बताए ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको र सेवा विस्तार गर्दै लैजाने बताए ।


यो स्वास्थ्य चौकीबाट अहिले प्रसुती सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गर्दै आइएको छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *