दाङ, माघ ८ । सल्यानको कपुरकोट गाउँपालिका – ४ किमीचौरस्थित नेपाल टेलिकमको रिपिटर टावरको मुनी ग्रिनेट बम फेला परेको हो ।
मंगलबार दिउँसो झाडी सरसफाइ गर्न गएका स्थानीयले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यो सूचनाका आधारमा घटनास्थल पुगेर प्रहरीले बेलुकी पख ग्रिनेट बम डिष्पोजका लागि नेपाल आर्मीलाई खबर गरेको थियो ।
मंगलबार आर्मी पुग्न राति भइ सक्ने हुँदा बुधबार मात्रै बम डिष्पोज गरिने भएको छ ।
आर्मीको डिष्पोट टोली आइ नपुग्दासम्म घटनास्थल प्रहरीले सुरक्षा दिएर राख्ने छ । द्धन्दकालमा नेपाल आर्मीसहितको संयुक्त सुरक्षा फौज यस्ता रिपिटर टावरहरुको सुरक्षा दिने गर्दथ्यो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले द्धन्दकालमै उक्त बम सुरक्षाकर्मीले छोडेको हुन सक्ने आशंका गरिएको बताए ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार