२०८२ कार्तिक २२ गते शनिवार

अब हेँकुलीमा पनि एटिएम सेवा


हेँकुली, माघ ७ । अबदेखि दंगीशरण गाउँपालिकाको हेँकुलीमा पनि एटीएम सेवा सुरु भएको छ ।

आइतबारदेखि कुमारी बैंकको शाखा कार्यालयले आफ्नो एटीएम हेँकुलीमा पनि सुरु गरेको हो ।
ग्राहकको माग र सेवाको आधारमा सेवा नजिकमा सहज रुपमा प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ एटीएम सेवा सुरु गरिएको बैंकका शाखा प्रमुख एकराज केसीले ताए ।

गाउँपालिका अध्यक्ष शम्भु गिरी र गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले सेवाको उद्घाटन गरेका थिए ।
गाउँ घरमै एटिएम सेवा सुचारु हुनु एउटा सकारात्मक परिवर्तन मान्न सकिने उनले बताए ।

आकस्मिक रुपमा अप्ठेरो पर्दा सहज रुपमा पैंशा निकाल्न सहज हुने हुँदा एटिएम सेवा सबैको रोजाइमा परेको हुँदा सोही अनुरुप प्रयोग गर्न गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले बताइन । बिगत ७ बर्षदेखि दंगीशरणमा बैंकले आफ्नो सेवा दिदै आएको थियो ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *