२०८१ फाल्गुन ७ गते बुधवार

प्रेमबहादुर माथि गोली प्रहारको घटना – फरार दुबै युवा पक्राउ परेपछि बन्दुकपनि फेला प¥यो


तुलसीपुर, माघ ५ । दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ बर्षीय प्रेमबहादुर कुसारीको मृत्यु प्रकरणमा स्थानीय फरार दूई युवा पक्राउ परेका छन् ।


घटना पछि फरार रहेका छबिलाल डाँगी कोहलपुरबाट दिउँसो र पुष्प बस्नेतलाई दाङको तुलसीपुर बजार क्षेत्रवाट शनिबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरु पक्राउ परेपछि बयानका आधारमा स्थानीय जंगलमा फालेको अवस्थामा एउटा भरुवा बन्दुकपनि बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

चोरी शिकार गर्न गएका बखत प्रेमबहादुुरलाई आँफैले बोकेको भरुवा बन्दुक पड्किएर गोली लागेको हो वा पुरानो कुनै रिसिवीका कारण साथीहरुले नै योजना बनाई प्रेमबहादुर माथि बन्दुकबाट गोली हानेका थिए ? भन्ने बारे अनुसन्धान हुने प्रहरीले बताएको छ ।

माघ ३ गते बिहीबार अपरान्हमा प्रेमबहादुर माथि बन्दुकको गाली लागेको थियो । प्रेमबहादुर संगै गएका साथीहरु मध्य छबिलाल डाँगी र पुष्प बस्नेतले भने उनी रुखबाट लडेर घाइते भएको बताएका थिए ।

दुबै खुट्टाको तिघ्रा,घुँडा लगाएतमा गोलीका छर्रा लागेका प्रेमबहादुरलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । राप्ती प्रादेशिक अस्पतालले घाइतेलाई बाँकेको नेपालगञ्जका लागि रिफर गरिदिएको थियो । सोही दिन राति नै उपचारका क्रममा प्रेमबहादुरको मृत्यु भएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेमबहादुरको पोष्टमार्टम पछि परिवार जनले शब घर ल्याएका थिए । त्यही क्रममा प्रेमबहादुर रुखबाट लडेको नभइ उनी माथि बन्दुक बाट गोली प्रहार भएको कुरा कसैले खोलेका थिए । त्यही भएर अन्तिम संस्कारका लागि घाटमा लैजान तयारी अवस्थामा प्रेमबहादुरको शव बारे बिबाद सुरु भएको थियो ।

बिबादकै बीच प्रेमबहादुरको शब घाट जानबाट रोकिएको थियो ।
शुक्रबार रातभर प्रेमबहादुरको शब गाउँ घरका मानिसले कुरेर बसे । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाको
निर्देशनमा शनिबार बिहान फेरि दोस्रो पटक पोष्टमार्टमका लागि प्रेमबहादुरको शब भेरी अस्पताल नेपालगञ्जमा लगियो । दोस्रो पोष्टमार्टम बाट तिघ्राको भागपनि चिरफार ग¥यो । त्यसपछि बन्दुकका छर्रापनि फेला परे ।

शनिबार बेलुकी मात्रै अन्तेतिष्टका लागि आफन्त, गाउँ समाज जुटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिए ।
पक्राउ परेकाहरु माथि थप सोधपुछ र अनुसन्धान कार्य बाँकी रहेको हुँदा तथ्य कुरा बुझेर मात्रै प्रेमबहादुरको मृत्यु प्रकरण सार्वजनिक गर्ने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *