२०८२ कार्तिक २१ गते शुक्रवार

कांग्रेसका पूर्व महामन्त्री कोइराला दाङ आउने


दाङ,पुस २७ । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शशांक कोइराला दाङ आउनेभएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेश अधिबेशनलाई सम्वोधन गर्न नेपाली कांग्रेसका पूर्व महामन्त्री डा कोइरालालगायतका नेताहरु दाङ आउन थालेको नेपाली कांग्रेस दाङले जनाएको छ ।

दाङ आउन थालेका पूर्व महामन्त्री कोइरालालगायतका नेताहरुले आइतवार घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईस्थीत दाङ फनभ्यालीमा हुने नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशको प्रदेश अधिबेशनलाई सम्वोधन गर्नेछन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमहामन्त्री कोइरालासहित केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु सञ्जय गौतम, दीपक गिरी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताहरुले अधिवेशनलाई सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजक प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशले जनाएको छ । कोइरालालगायतका नेताहरु शनिवार साँझसम्म दाङ आइपुग्नेछन् ।

लुम्बिनी प्रदेशस्तरीय अधिवेशन विहान ११ः३० देखि सुरु हुने छ । अधिवेशनमा उपस्थीतिका लागि नेपाली कांग्रेस दाङले प्रजातन्त्र स्थापनाका लागि लड्नु भएका प्रजातन्त्र सेनानीलगायत सवैमा अनुरोध गरेको छ ।

नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशको अधिबेशनमा सहभागीताका लागि कांग्रेस पाटी तथा भातृ एवं सुभेच्छुक संघसस्थाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पुसको २८ र २९ गते दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *