काठमाडौं,पुस २७ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए ।
पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औं जन्मजयन्ती मनाइँदै छ ।
प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार