२०८३ असार ७ गते आइतवार

मदिराले मातेर आफ्नै घरमा आगो


दार्चुला, असार८ । दार्चुलामा एक जनाले मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन्। नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मदिरा सेवन गरी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र पसेकी उनका पत्नि ३० वर्षीया विमला बडालको जलेर मृत्यु भएको छ।

शनिबार मध्यरातमा मदिराले मातेका बडालले घर परिवारसंग झगडा गरेपछि परिवार घर छाडेर जङ्गल भागेका थिए ।

त्यसपछि उनले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए। घरमा आगो सक्लेको देखेपछि घर छाडेर भागेकाहरु फर्किए आएको र उनकी पत्नि घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेको समयमा जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।  उनको घर भित्रै जलेर मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *