तुलसीपुर, पुस २५ । बसको ठक्करबाट मृत्यु भएकी तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्यु पछि उत्पन्न तनाब पछि भएको दोस्रो पटकको वार्ता सहमतिमा टुँगिएको छ ।
मृतकको परिवारलाई क्षतिपुर्ती बाफ अतिरिक्त दुई लाख दिने र उनकी छोरीलाई कक्षा १२ सम्म पढाउने जिम्मा त्रिशिद्धेश्वरी यातायात प्रालिले जिम्मा लिएपछि वातामा सहमति कायम भएको स्रोतले फरककोणलाई बतायो ।
बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तिर्सना घर्ती मगरको मृत्यु भएको थियो । पैदल हिडिरहेकी मगरलाई बाटो पार गर्दै गर्दा बसले ठक्कर दिएको थियो ।
त्यसको बिरोधमा दोषी चालक माथि कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै आक्रोसित स्थानीय इप्रका तुलसीपुर घेराउन गर्न पुगेका थिए । त्यसपछि बिहान १० बजेपछि बाट पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल सुरु भएको थियो ।
केही घन्टाको छलफल पछि पीडित पक्ष वार्ता स्थलवाट निस्किएर दिउँसो २ बजेबाट सडक पर्दशनमा उत्रिएका थिए । त्यसपछि तुलसीपुर बजार बन्द गराउनुका साथै उनीहरुले दिनभर जसो यातायात पनि ठप्प पारेका थिए । त्यो पर्दशनका कारण बिहीबशार बेलुकीसम्म तुलसीपुरबाट बाहिरी जिल्ला जाने कुनैपनि बसहरु चल्न सकेका थिएनन् ।
सहमति अनुसार मृतक तिर्सना घर्ती मगरका दुई सञ्तान मध्य हाल कक्षा ८ मा पढ्दै आएकी मृतककी छोरीलाई कक्षा १२ सम्म प्रालिले पढाउने जिम्मा लिएपछि कुरा मिलेको हो ।
दिउँसो २ बजेदेखि पर्दशनमा उत्रिएकाहरुलाई अपरान्ह ४ बजेपछि प्रहरीले संझाइ बुझाइ गरि फेरि वार्तामा बस्न सहमत गराएको थियो । बल्ल इप्रका तुलसीपुरमा फेरि छलफल भएको थियो ।
दुर्घटना लगतै बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वलीलाई भने प्रहरी नियनन्त्रणमा लिइ सकेको थियो ।