तस्बिर : एचआर मगर ।
तुलसीपुर, पुस २५ । तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका –५ की ३९ बर्षीया तिर्सना घर्ती मगरको मृत्युको बिषयला लिएर अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा छलफल सुरु भएको डिएसपी अनिल ठकुरीले जानकारी दिए ।
बुधबार दिउँसो पौने २ बजेतिर तुलसीपुर बजारबाट बसपार्क जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले पैदल हिडिरहेकी मगरलाई ठक्करले दिँदा मृत्यु भएको थियो । सोही बिषयलाई लिएर पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल सुरु भएको हो ।
पीडित पक्षले चालकको लापरबाहीका कारण घटना भएको भन्दै उचित क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।
प्रहरीले पीडित पक्षको मागको आधारमा त्यो दुर्घटनाको यथार्थ विश्लेशन गर्नका लागि बिहीबार बिहान सिसीटिभी फूटेजहरु झिकेर लगेको छ ।
मृतकका आफन्तले बस चालकले चलाएका थिएकी थिएनन् ? भन्ने बारे जान्न चाहेको हुँदा सिसीटिभी फूटेज निकालेर हेर्दा चालकले नै चलाएको देखिएको इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिनोद खत्रीले बताए ।
घटनाको उचित अध्यन र विश्लेशन गरि दोषी देखिए चालकलाई सोही अनुरुप कानुनी कारबाहीका लागि मुद्दा चलाउने प्रहरीले पीडित पक्षलाई आश्वासन दिदै आएको छ ।
बस चालक तुलसीपुर – ६ का ४२ बर्षीय खिमराज वली प्रहरी नियनन्त्रणमा छन् ।
यो पनि हेर्नुहोस :-
बसको ठक्करबाट मृत्यु भएकी महिलाको परिचय खुल्यो
तुलसीपुर बसपार्कमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु