तुलसीपुर,पुस २४ । तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ३९ बर्षीया तिर्सना घर्ती मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मृतकका बुबा प्रेम बहादुर थापा र छोरा नबिन घर्तीले दिउँसो सवा ३ बजेको समयमा सनाखत गरेको प्रहरीले जनाएको छ ।
तुलसीपुर बजारबाट बसपार्क भित्र जादै गरेको लुम्बनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिदा गम्भिर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसपार्क तल्लो पिपलबोट नजिकै बाटो काट्दै गरेको अवस्थामा आज दिउँसो पौने २ बजेको समयमा बसले ठक्कर दिएको हो ।
ठक्कर दिने बससहित चालक ४१ बर्षीय खिमराज वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार